फागुन ८
सल्यानको छत्रेस्वरी गाउँपालिका-१ मैनेनी स्थित भित्री सडकखण्डमा दमाचौरबाट सुन्तला लिएर मोख्ला तिर जाँदै गरेको ग ३ च ३३१२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तनहुँ आँबुखैरेनीका ३५ अर्जुन बिकको मृत्यु भएको छ । बिकले चलाएको सुन्ताल बोकेको उक्त जीप सोमबार अपरान्ह करिब ५ बजे दुर्घटना भएको हो ।दुर्घटनामा परेर गम्भिर घाईते भएका विकको उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र सल्यान अस्पतालका डाक्टरले मृत घोषणा गरिसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताएका थिए ।
ओभर लोडका कारण सुन्तला बोकेको जीप उकालो चढन नसकी ब्याक हुँदा अनियन्त्रित भएर सडकमै दुर्घटनामा परेको धमलाले जानकारी गराएका छन् । मृतकको शव अहिले जिल्ला अस्पताल सल्यानमै राखिएको छ ।