अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

कालिका मालिका मन्दिर पुजा व्यवस्थापन समितिको समिक्षा बैठक : यस्ता छन निर्णयहरु

हलवार,फागुन ६
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र ७ को सिमानामा स्थित कालिका मालिका मन्दिर पुजा व्यवस्थापन समितिको समिक्षा बैठक आज फागुन ६ गते विभिन्न बिषय माथि छलफल गर्दै सम्पन्न भएको छ ।
कालिका मालिका मन्दिर पुजा व्यवस्थापन समितिको अध्यक्ष श्रवण कुमार आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले भर्खरै माघ १३ गते देखि माघ २० गते सम्म तुलसीपुरको अरनिको मैदानमा सम्पन्न ज्ञान विज्ञान महायज्ञमा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन तथा आभार प्रकट गरेको छ ।

यस समिक्षा बैठकले मन्दिरको आ.व २०७९/०८० को आषाढ मसान्त सम्मको सम्पूर्ण खर्च अनुमोदन गरेको हो । शिलालेख लेखन, ग्रील झ्याल फिटिङ लगायत अन्य शिर्षकमा भएको खर्चलाइ अनुमोदन गरिएको हो ।
यस्तै आजको बैठकबाटै समितिमा रिक्त रहेको पदहरुको परिपुर्ती समेत गरिएको छ जसमध्ये सल्लाहकारहरुमा : वडा नं ४ का वडा अध्यक्ष तुलसी थापा, वडा नं ७ का वडा अध्यक्ष राम बहादुर जि.सी, प्रेम खनाल, टोप व.खड्का, टोपलाल भुसाल,उपेन्द्र पौडेल, गेहेन्द्र नेपाली रहने गरी सल्लाहकार समिति गठन गरिएको छ भने सदस्यहरुमा गगन राना, चिरञ्जिवि रेग्मी, शंकर चौधरी,गणेश बस्नेतलाइ थप गरिएको छ ।
बैठकमा श्रद्धालु भक्तजन, समाजसेवी,बुद्धिजीवी लगायतको उपस्थिती रहेको थियो ।

यस समिक्षा बैठकको सहजिकरण कालिका मालिका मन्दिर पुजा व्यवस्थापन समितीका सचिव कृष्ण प्रसाद आचार्यले गर्नुभएको समाजसेवी उपेन्द्र पौडेलले CNTPress लाइ जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर मानव सेवा आश्रमको भवन निर्माणास्थल पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *