बिशाल बिश्वकर्मा, फागुन ६
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा किशोरी किशोर र बालबालिकालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धिको लागि ३ दिनको तालिम उद्घाटन भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा किशोर किशोरी र बालबालिकालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धिको लागि नगर युवा सन्जाल र तुलसीपुर उपमहानगरपालिका वडा १९ को सहकार्यमा तालिम आयोजना भएको हो ।
वडा स्तरीय बाल संजालका अध्यक्ष शुभम देवकोटाको अध्यक्षता एवम वडा नम्वर १९ का अध्यक्ष प्रेमनाथ योगी प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो ।
तालिम उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै वडा अध्यक्ष प्रेमनाथ योगीले दक्ष जनशक्तिको उत्पादनमा किशोर किशोरी र बालबालिकालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धिको लागि यस प्रकारको तालिमले टेवा पुग्ने बताएका थिए ।
तालिममा नवजागरण माध्यमिक विद्यालय र माध्यमिक विद्यालय भित्रि सक्रामको बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त तालिममा प्रशिक्षक निर्मल नेपाली द्वारा नेतृत्व विकास तथा क्षमता अभिवृद्धिको लागि बालबालिकालाई बाल बिकास र बालबालिकाको हक अधिकारबारे बताएका थिए ।
उक्त ३ दिने तालिम उद्घाटनमा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा सदस्य राम बहादुर पौडेल लगाएत नवजागरण माध्यमिक विद्यालय प्रधानाध्यापक टंक के.सी र माध्यमिक विद्यालय भित्रि सक्रामका प्रधानाध्यापक डिल्ली बहादुर खत्री रहेका थिए ।
तालिम उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य शिशिर गिरि र कार्यक्रम सहजिकरण गणेश भण्डारीले गरेका थिए ।