बिशाल बिश्वकर्मा, फागुन ६
तुलसीपुर उपमहानगरपालिका वडा न ४ हलवार स्वास्थ्य चौकी, खाद्रेमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ४ हलवार स्वास्थ्य चौकीमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा दाङको आयोजनामा मिति २०८० फागुन ९ गते निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
स्वास्थ्य शिविरमा पाटेघरको मुखको क्यान्सर जाँच , स्तन क्यान्सर जाँच , पाटेघर खस्ने रोगको स्क्रनिङ, रिङ प्रेसरी लगाउने, लामो अवधिको परिवार नियोजन सेवा, गर्भवतीको लागि भिडियो एक्सरे सेवा मनोसामाजिक साथै महिला तथा प्रसुति बिशेषज्ञ सेवा चिकित्सकहरूद्वारा स्वास्थ्य शिविरमा चेक जाँच हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा जनाइएको छ ।
निःशुल्क सन्चालन हुन गहिरहेको स्वास्थ्य शिविरमा आवश्यक सेवा लिनको लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा बासीहरुलाई मिति २०८० फागुन ९ गते बिहान १० बजे देखि साँझ ४ बजे सम्म हल्वार स्वास्थ्य चौकी खाद्रेमा सेवा लिन जनस्वास्थ्य प्रवर्द्धन शाखाद्वारा जारी सूचनामा बताइएको छ ।