अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

महायज्ञ बाट लक्ष्य अनुरुप आर्थिक संकलन गर्न सफल मानव सेवा आश्रम

सागर सुबेदी,तुलसीपुर,फागुन ०६
मानव सेवा आश्रम द्धारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ नामाकरणका साथ माघ १३ गतेदेखि सुरु भइ माघ २० गते सम्पन्न महायज्ञ बाट लक्ष्य अनुसारको आर्थिक संकलन गर्न मानव सेवा आश्रम सफल भएको छ ।

आयोजकले आज फागुन ६ गते पत्रकार सम्मेलन गर्दै लक्ष्य प्राप्त गर्न सफल भएको जनाएको हो ।

महायज्ञबाट ५ करोड रकम सङ्कलन गर्ने र आगामी दुई वर्षभित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो


जसमध्ये मानव सेवा आश्रमले महायज्ञ बाट नगदमा रु.२ करोड ७५ लाख ४१ हजार ३ सय ८२ रुपैँया नगदमा सहयोग संकलन गरेको छ भने नगद बाट संकलित रकम मध्ये रु.३१ लाख ७१ हजार ८ सय ७२ रुपैँया खर्च भइ नगदमा रु. २ करोड ४३ लाख ६९ हजार ५ सय १० रुपैँया नगद बचत भएको छ ।
यस्तै प्रतिबद्धता तर्फ २ करोड ७४ लाख ३० हजार ९सय २९ रुपैँया संकलन भएको जनाइएको छ । यसमध्ये प्रतिबद्धता र नगद गरि जम्मा रु.५ करोड ४९ लाख ६२ हजार ३ सय ११ रुपैँया रकम संकलन हुँदा जम्मा खर्च रकम कटौती गरी ५ करोड १७ लाख ९० हजार ४ सय २९ रुपैँया रकम संकलन गर्न सफल भएको हो ।


उक्त भवन निर्माणका लागि रु १५ करोड लाग्ने अनुमानसहित भवनको डिजाइनसहित तयार गरिएको इन्जिनियर सजिव शाक्यले जानकारी दिए । उनका अनुसार उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हाल तुलसीपुर–६ गाईडरस्थित भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन हुँदै आएको छ । वि.सं २०७८ वैशाख ३ गतेदेखि सो घरबाट सञ्चालन हुँदै आएको आश्रममा महिला र पुरुष गरी ७५ जना आश्रित छन ।
वि.सं २०८२ सम्म नेपालाई सहयोगापेक्षी सडक मानवमुक्त देश बनाउने उद्देश्यले विसं २०६९ भदौ १३ गते हेटौँडामा मानवसेवा आश्रम स्थापना भएको थियो । हाल देशभर १९ जिल्लाका २४ स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *