अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

” गालामा दारी काँधमा जिम्मेवारी ” – दारी ग्याङ्गले आज ८औँ बार्षिकोत्सव मनाउदै

जग्दीस भण्डारी / प्रकाश सुवेदी , काठमाडाैं । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था दारी ग्याङ्ग ले देशैभरि  विभिन्न कार्यक्रम गरी ८औँ बार्षिकोत्सव मनाउन लागेको छ ।

वार्षिकोत्सवको क्रममा दारी ग्याङको सबै प्रदेश र जिल्ला समितिले विभिन्न ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गर्ने र सोको  तयारि पूरा गरेको जनाएको‌ छ ।

सो अवसरमा दारी ग्याङ्ग  काठमाडौंले काठमाडौँको तारेभिरमा हाइकिङको आयोजना  तथा “shree`s animal rescue Nepal” मा अवश्यक सामाग्री  वितरण  गर्ने दारी ग्याङ्ग काठमाडौंको योजना छ।
सुरुवातमा दारी पाल्ने मान्छेहरुलाई जोडेर मनोरञ्जनको लागि भनेर मिति २०७२ फाल्गुन ६ गतेका दिन खोलिएको फेसबुक ग्रुप थियो ” दारी ग्याङ ” ! ग्रुपमा जोडिने सदस्यहरुको संख्या बढ्दै गएपछि विभिन्न सदस्यहरुले आफ्नो दारी सहितको फोटो पोस्ट गर्ने क्रम सुरु हुँदै गयो ! ग्रुपको सदस्यहरुलाई मनोरञ्जन र दारीको फोटो हालेर फेसबुकको भित्तामा मात्रै सिमित हुनु थिएन ! त्यसैले त देशभरबाट सबैको एउटै आवाज आउन थाल्यो कि,अब दारी ग्याङ पनि फेसबुकमा मात्रै सिमित नभएर अफिसियल मिटिङ गर्नुपर्छ र फिल्डमा उत्रिएर सामाजिक काम पनि सुरु गर्नुपर्छ भन्ने आम सदस्यहरुको धारणा थियो ! दारी पाल्ने सबै मान्छे खराव हुँदैनन् ,बरु उल्टै समाजप्रति जिम्मेवार हुन सक्छन् भन्ने कुरालाई आत्मसात गर्दै ” गालामा दारी काँधमा जिम्मेवारी ” को नारालाई अगि सार्दै सामाजिक सेवाबाट सुरु भएको दारी ग्याङको यात्रा,दारी ग्याङ कला अभियान हुँदै,दारी ग्याङ विज्ञान अभियानसम्म पुगिसकेको छ भने,समाजलाई आवश्यकता अनुसार हामी हरेक क्षेत्रमा पुग्ने कोसिश गरिरहेका छौं र यो क्रम अनवरत रुपमा जारी रहिरहने छ ।
रक्तदान,बस्ती निर्माण,सीपमुलुक तालिम,प्रयोगात्मक शिक्षा,जनचेतनामूलक अभियान,No Shave November Campaign, Cancer Awareness, Fund Collection, Charity र Donation Program, विभिन्न सार्वजनिक कार्यक्रममा स्वयंसेवकको भुमिका निर्वाह गर्नुको साथै स्वास्थ,शिक्षा,आर्थिक र राजनीतिक क्षेत्रमा हुने गरेका ज्यादती र भ्रस्टाचार विरुद्ध बुलन्द आवाज उठाएर सम्पुर्ण नागरिकलाई जनचेतना जगाउने क्रम पनि जारी नै रहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *