अपडेट
हेर्नुस् आज जेठ १४ गते सोमबारको राशिफल हेर्नुस् आज जेठ १३ गते आइतबारको राशिफल लुम्बिनी प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न जातिय बिभेद तथा छुवाछुत सम्बन्धि दुइदिने कानुनी साक्षरता हिमाल एकेडेमी ले मनायो ८ औँ राष्ट्रिय भलिबल दिवस  आज जेठ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस प्रेस सेन्टरले पत्रकार महासंघ दाङमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने आज जेठ ७ गते सोमबार को राशिफल हेर्नुहोस सञ्चारकर्मी आस्था के सी ले सार्वजनिक गरिन “जनयुद्धका चिठी” कर्णाली प्रदेश स्तरीय युवा स्वैच्छिक राष्ट्रिय समिक्षा कार्यक्रम सम्पन्न मोहनी एकादशीको महत्त्व ? लागुपदार्थ दुर्व्यसन न्यूनिकरणबारे वक्तृत्वकला प्रतियोगिता तुलसीपुरको बेल्झुन्डिमा बस दुर्घटना हुदा १५ जना घाइते राजपुरमा आगलागी पिडितको घर बनाउन खटिए नेकपा का कार्यकर्ता सन्दिप लामिछाने निर्दोष साबित: अब विश्वकप खेल्ने एकै आर्थिक बर्षमा तिन वटा शवदाह गृह निर्माण हेर्नुस् आज जेठ २ गतेको राशिफल राप्ती बबई क्याम्पसमा तालाः गार्ड हटाउन नपाउने बिद्यार्थीको माग हेर्नुस् आज जेठ १‌ गतेको राशिफल नेपालीले धानेको भारतको बजार

मलेसियासँग पराजित भएसँगै नेपाल सेमिफाइनलबाटै बाहिरियो

फागुन, ४

नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ ।

नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालले कसिलो बलिङ गरेको भए पनि एल्सा हन्टर सामु फितलो देखिएपछि पराजयको सामना गर्नुपर्यो । हन्टरले ५३ बलमा अविजित रहँदै ६९ रन बनाइन् । हन्टरलाई रोक्न नसक्नु नै नेपालको हारको कारण बन्यो । अन्तिम ओभरमा ११ रन बनाएसँगै मलेसिया विजयी भयो ।
कविता जोशी र सीता रानामगरले समान २ तथा कविता कुँवर र रुबिना क्षेत्री बेल्बासीले समान १ विकेट लिए ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनायो । कप्तान इन्दू बर्माले २९, डली भट्टले १४ बलमा २५, कविता कुँवरले २३ तथा रबिना क्षेत्री बेल्बासीले २० रन बनाइन् । मलेसियाकी महिरा इज्जाती इस्मालीले २ विकेट लिइन् । तीन खेलाडी रनआउट भए ।

जितसँगै मलेसियाले फाइनलमा आइतबार यूएईसँग खेल्नेछ । बिहान भएको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डमाथि रोमाञ्चक चार रनको जित हासिल गर्यो । समूह चरणमा अपराजित रहँदै क्वार्टरफाइनल हुँदै सेमिफाइनलमा पुगेको नेपालले भने अन्तिम समयमा कमजोर प्रदर्शन गर्दै हारको सामना गर्नुपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *