नरेश भट्टराई,कालिकोट,फागुन ३
नेपाल २००७ सालदेखि विदेशी शक्तिकेन्द्रहरुको खेलमैदान बनेको हो, त्यसैमा पनि नेपालमा राज्य सञ्चालन पद्धति र उत्तारचढाबले नेपालमा राजनीतिक परिक्षणको केन्द्र भएको कुरा नकार्न सकिन्न । २०४६ सालदेखि यता नेपाली काँग्रेसको गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार र केपी ओलीको नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको बहुमतको सरकारपनि फेल भयो । यो हुनु भनेको शक्ति राष्ट्रहरुले नेपाल जस्ता गरिब मुलुकहरुमा आफ्नो शक्तिको वर्चस्व कायम राख्ने उद्देश्यले नेपालका माथिल्ला स्तरका नेता एवम् माथिल्लो स्तरका कर्मचारी र केही बौद्धिक वर्गहरुलाई आफ्नो पञ्जामा लिएको हुनाले यस्तो हुन गएको हो। साथै सधै नेपाललाई अस्थिर,अराजकता एवम् राजनीतिक वृत्तमा भष्टिकरण, व्यापारिक करण नै देश विकासमा बाधा पुगेको कुरा जानकारहरुको बुझाई रहेको छ ।
अब नेपालको भू- राजनीतिक तथा सामारिक महत्व बनेकोले पनि पश्चिमेलीहरुले एनजिओ र आईएनजिओको नामबाट महिलाअधिकार, विकासे अभियान, लैंगिक नारा, मानव अधिकारको वकालत, जातिय अन्तंरद्धन्द्ध लगायतका थुप्रै क्षेत्रमा लगानी गरि परम्परागत रुपमा प्रेम, सद्भाव, मेलमिलाप र मानवतावादी नेपार्क समाजलाई छियाछिया पार्ने काम भएको छ । त्यो लगानी कुनैपनि गरिव समाजमा केवल केही सहरीया बुद्धिजीवी जिल्लास्नेतरका नेता एवम् नागरिक समाजका अगुवा भन्नेहरुको नीजि जीवन विलाषलाई मात्र प्रयोग भएको छ, भने अर्कोतर्फ जुन ठाउँबाट आयो त्यो रकम उतै जाने र नेपाली समाजलाई विगार्ने काम मात्र भएको देखिन्छ ।
फेरी हाम्रा छिमेकी राष्ट्रहरु विशाल जनसंख्या र शक्ति सम्पन्न भएकोले उनीहरुको छुट्टाछुट्टै राजनीतिक धरातल एवम् व्यवस्था भएकोले पनि नेपाल उनीहरुको स्वार्थमा हिड्नुपर्ने र उनीहरुकै लागि हरेक क्षेत्रमा चुप लागेर बस्नु पर्ने अवस्थाले पनि नेपाल अहिले पिडित अवस्थामा छ अझ अमेरिकी स्वार्थ चीनसंग जोडिएकोले उ भारत सँग सहकार्य गरेर नेपालमा आफ्नो वर्चस्व जमाउन सफल भएको छ।
त्यसमा उसले नेपालको केही पूर्वशासक, वर्तमान नेता एवम् नागरिक अगुवा भन्नेहरुलाई प्रयोगमा ल्याएको छ। त्यसैले पनि विदेशी शक्तिहरुको इसारामा हाम्रा शासकहरु हिंडेनन् भने कि त सत्ताचुत हुन्छन् कि त कठपुतली भएर बस्छन कि त सफाय हुन्छन ।
यस्तै नेपालको राजनीतिक नेतृत्वमा मात्र होइन हरेक क्षेत्रमा विदेशी शक्तिकेन्द्रहरुले आफ्नो हालिमुहाली गरिसकेका छन् र त्यसकै उपज हो आज मुलुकमा जे जति परिवर्तन भए पनि यथास्थितिमा नै रहनु पर्ने अस्थिर बनि रहनु पर्ने र देशको हरेक क्षेत्रमा उन्नतिको वृद्धिदर होइन दासको वातावरण भइरहने । साधारण कुरामा पनि अरुलाई नसोधी अगाडि बढ्न नसक्ने अवस्थामा बसीरहनु पर्ने स्थिति सृजना बनाइएको छ। यसैमा रुमल्लिएको छ हाम्रो दश नेपाल ।
यसर्थ विश्व अहिले छायाँयुद्धमा छ। कस्ले कस्लाई पछार्ने र आफू कसरी बलियो हुने भन्ने विषयमा लागेको अवस्थामा नेपाल जस्ता भूराजनीतिक एवम् सामरिक महत्वका हिसावले नेपालका शासकहरुले आफुलाई चनाखो र बुद्धिमानी पूर्वक शक्ति राष्ट्रहरुलाई समन्वय मिलाउनु जरुरी छ। अन्यथा नेपालबाट नै विश्व वारको शुरुवात हुनसक्छ ।