माघ, २९
नेपालले क्यानडाविरुद्ध शानदार जित हात पारेको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४३ ओभरमा एक विकेटको क्षेतीमा पूरा गरेको हो । नेपालका जितका लागि ब्याटर भिम सार्की र अनिल शाहले शतक प्रहार गरेका हुन ।