अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

मेरा बा

जिना अधिकारी , माघ २९

 

अरूलाई हसाँउदा हसाँउदै आँफै हाँस्न बिर्सेका

अरूलाई अघाँउदा अघाँउदै आफ्नै भोक बिर्सेका

अरूलाई पुर्याउँदा पुर्याउँदै आफ्नै अभाव बिर्सेका

आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा” बा!”

 

जसले आफ्ना लागि कहिल्यै सोच्न पाएनन्

जिम्मेवारीका भारीले थाप्लो पिल्सँदासम्म उनले पोल्यो भन्न पाएनन्

मेरा रहर पुरा गर्दा गर्दै उनका रहर कहाँ अधुरै छुटे,उनले छुट्यो भन्न पाएनन्

बाले कहिल्यै आफ्ना लागि बाँचेनन्, उनी मेरा लागि बाँचिरहे

आफ्ना पोल्टाको खुसी पनि उनले आफ्ना लागि लिएनन्, मेरै लागि साँचिरहे!

 

मेरा बा!

आफ्नो निन्द्रा बेचेर रातभर खुल्ला आँखाले मेरा खुसीका सपना सजाउँछन्

उनी आधाअनिदो छन्

अचेल उनी रातभर छाति पोल्यो मात्र भन्छन्

खै,उनलाई बिमारले पोलेको हो या मेरो पिरले!

 

उमेरले डाँडो कटाइदिसक्यो मेरा “बा”को

कपालले रङ फेर्ने बेला भइसक्यो

तर अझै उनको दुखी जीवनले सुखको रङ फेर्न सकेन

भरिला गाला चाउरिन थालिसके

अब त जवान मेरा” बा”, पारिलो घाम बुढो हुँदै क्षितिज तर्फ लम्के सरी जीवनको क्षितिजतर्क लम्किसके।

 

साँचो भनौँ त

“बा”ले एक जीवनमा एक युग बाँचे,एक युग भोगे

के पो देखेनन् उनले,के पो सहेनन्

खै, अभावका भुमरीमा कसरी हुर्किए, कसरी हुर्काए

सङ्घर्षका मैदानमा कति पच्छारिए

तर पनि बा अझै मजबुत भएर उभिएकै छन्

कसले भन्छ? घरलाई जगले आड दिएको छ,

अँह म मान्दिन

घरलाई त” बा”ले आड दिएका छन्।

 

धैर्यता के हो, मैले” बा” बाटै सिकेँ

सहनशिलता के हो,मैले “बा” बाटै सिकेँ

उर्जा उनमै देखेँ, हौसला उनमै भेटेँ

मैले पत्तै नपाउने गरेर” बा “ले दुखको पहाड बोकेर मलाई सुखको चरम शिखरमा पुर्‍याएका रहेछन्

मैले हेर्दै,देख्दै,बुझ्दै, आज यो थाह पाँए

कि प्रेम, त्याग र समर्पणको अर्को नाम भन्नु नै” बा” रहेछन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *