अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

खानेपानीको बैकल्पिक मुहानको खोजी आवश्यक – नगर प्रमुख खड्का

दुधरास । तुलुसीपुर उपमहानगरपालिका—१८ स्थीत जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आठौं साधारणसभा शनिबार सम्पन्न भएको छ । समितिका अध्यक्ष रामकुमार डाँगिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा संपन्न साधारणसभामा प्रमुख अतिथि खडकाले – खानेपानी पछिल्लो समयमा चुनौतिपुर्ण भएकोले अब खानेपानीको मुहानको बैकल्पिक खोजी गर्न आवश्यक रहेको बताएका छन ।

खानेपानीलाइ नेपालको संविधानले पनि मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले नेपाल सरकारले अघि सारेको एक घर एक धाराको नितिलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि संस्थालाइ आग्रह गरे । ‘सहज रुपमा उपभोक्तालाइ पानी उपलव्ध गराउने सन्दर्भमा विभिन्न चुनौतिहरु छन्, यद्धपि उपभोक्तालाइ सहज रुपमा पानी उपलव्ध गराउन हर तरहले प्रयन्त गर्नुपर्ने छ’, प्रमुख अतिथि खड्काले भने, त्यसकालागी मुहानको संरक्षण तथा नयां श्रोतको खोजिलाइ पनि अघि बढाउन नयां नेतृत्वलाइ आग्रह गर्दछु ।

उनले भने – अब हामी पुरानै शैलीबाट मुहान खोज्ने होइन अब सिचाइ तथा खानेपानीको लागि उत्तरी भेगमा पानी सन्चयका लागि ड्याम बनाउनु पर्ने बेला आएको छ । अब यता तिर पनि स्थानीय सरकारले चासो दिई रहेको छ ।

 

त्यसो त प्रमुख अतिथि खड्का पनि सो संस्थाको उपभोक्ता मात्र होइनन्, सोहि संस्थाका निवर्तमान अध्यक्ष पनि हुन् । उनकै विशेष पहलमा जुरपनिया मैनातारा खानेपानी अहिलेको अवस्थामा पुगेको हो । ‘म उपभोक्ता मात्र नभएर यो संस्थाको नेतृत्वमा पनि बसिसकेको छु , अहिले स्थानिय सरकारको प्रमुखको हैसियतले संस्थालाइ थप सहयोग गर्नु मेरो दायित्व हुने छ’, प्रमुख अतिथि खड्काले भने । संस्थाले ८ सय ३० धारा उपभोक्तालाइ वितरण गरीसकेको छ भने भावि दिनमा १४ हजार उपभोक्ताहरुलाइ भावि दिनमा सहज रुपमा खानेपानी उपलव्ध गराउने तयारी समेत गरीसकेको छ ।

खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शेषमणि कुवरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सचिव दामोदर बस्नेत (राकेश)ले संस्थाको बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष याम वहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका—१८ का अध्यक्ष माधव वली, वडा नंवर १९ का अध्यक्ष प्रेमनाथ योगि, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१८ का सभापति विरेन्द्र खड्का, नेकपा एमालेका तुलसीपुर -१८ का अध्यक्ष मुकेश वलि , नेकपा माओवादी केन्द्रका लोकवहादुर बहकरी, संस्थाका सल्लाहकार हिम वहादुर डांगि, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव शंकर नेपाली, संस्थाका विधान मस्यौदा समितिका संयोजक लालमणि पौडेल, शेवन पौडेल लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभाको सहजीकरण समितिका सचिव राकेश बस्नेतले गरेका थिए । साधारणसभाको बन्द सत्रले सचिव तथा कोषाध्यक्षका बार्षिक एवं आर्थिक प्रतिवेदनलाइ सर्वसम्मत अनुमोदन गर्दै विधान संसोधन मस्यौदाको प्रस्ताव समेत सर्वसम्मत रुपमा पारीत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *