अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा

तुलसीपुर, २३ माघ ।
तुलसीपुर उद्योग वाणिज्य संघले लगाउन लागेको तुलसीपुर महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । भोली माघ २४ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन हने महोत्सवको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएको हो ।

महोत्सवबाट संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पूर्णता दिने, अरनिको मैदानलाई विस्तार गर्ने, आचार्य कलमले निर्माण गर्ने भवनका लागि आर्थिक सहयोग गर्ने, राप्ती बहिरा सङ्घमा अक्षयकोष निर्माण गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे बताउनुभयो ।

यस्तै स्थानिय सरकारसँग समन्वय गरेर तुलसीपुरमा लिफ्ट सहितको दमकल खरिद गर्नका लागि ५ देखि १० लाख लगानी लगाउने योजना रहेको समेत उहाँले बताउनु भयो । तुलसीपुर आगलागीको जोदिममा रहेकाले आगलागीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले महोत्सवबाट संकलित रकम उक्त दमकल खरिदमा गानी लगाउने उहाँँको भनाई थियो । विहान ११ वजे देखि ¥याली तथा शोभायात्राले निकाल्ने र दिउँसो १ वजे महोत्सवको उद्घाटन हुनेछ ।

महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ । उक्त महोत्सव १ लाख भन्दा धेरैले अवलोकन गर्ने लक्ष्य रहेको समेत पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । मेला अवलोकनका लागि ६८ वर्षभन्दा माथिका जेष्ठ नागरिक, अपांग, अशक्तलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था रहेको जानरकारी गराइएको थियो । पत्रकार सम्मेलन कार्यक्रको सहजीकरण वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *