अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

षट्तिला एकादशीको महत्व

पण्डित बालमुकुन्द देवकोटा , काठमाडौ ।

मिति २०८० साल माघ २३ गते मंगलबार माघकृष्णपक्ष ,षट्तिला एकादशी व्रत मध्यान्ह: १२ / ०१ बजेसम्म ,त्यस उप्रान्त द्वादशी तिथी
प्रारम्भहुने भएकोले हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ।यो तिथि महिनामा दुई पल्ट आउँछ।पूर्णिमापछि र औंसी पछि।पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ।शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ।सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ।त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्ितक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ।एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ।भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ।पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ।भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ।भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ।एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नु हुदैन।पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ।प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ।उता रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुपर्छ वा पुरोहित बाट श्रवण गर्नुपर्छ।प्रभुका सामु उभिएर “आज म चोर, पाखण्डी र दुराचारी मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्र आदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन गर्नेछु, ’ॐ नमो भगवते वासुदेवाय’ यस द्वादशाक्षर मन्त्रको जप गर्नेछु, राम, कृष्ण, नारायण इत्यादि विष्णुका असंख्य दिव्य नामलाई मुखाग्र बनाउने छु“ भनी प्रतिज्ञा गर्नु पर्छ। यस्तो संकल्प गरेर भगवान विष्णुको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ( ’हे त्रिलोकपति !मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।’ यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ।एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन। यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ।यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ।गोभी, गाजर, शलगम, पालक आदि सागको सेवन गर्नुहुदैन र आप, अङ्गुर, केरा, बदाम, काजु आदि अमृतफल ग्रहण गर्नु पर्छ। प्रत्येक वस्तु तुलसीपत्रका साथ प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ।द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ। व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन।रिस चाण्डालको रूप हो जबकि तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ। एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ। देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ।एउटा प्रयोग के पनि छ भने एकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। एकादशीको महात्म्य – नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे।त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु !षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ? देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति भगवान विष्णुले आज्ञा गर्नुभयो- प्राचीन कालमा पृथ्वीमा एउटी ब्राह्मणी बस्दथिइन।ब्राह्मणीको मप्रति असाध्यै श्रद्धा एवं भक्ति थियो।तिनले मेरा निमित्त सम्पूर्ण व्रत लिने गर्थिन।एक पटक तिनले एक महिनासम्म व्रत बसेर मेरो आराधना गरिन्।व्रतको प्रभावले स्त्रीको शरीर त शुद्ध भयो तर तिनले कहिल्यै पनि ब्राह्मण एवं देवताका निम्ति अन्न दान गर्दिनथिन अत: मैंने विचार गरे यी महिला बैकुण्ठमा बसेर पनि अतृप्त नै रहनेछिन, त्यसैले म स्वयं एक दिन भिक्षा ग्रहण गर्न जानु पर्‍यो।मैले ती वृद्धा ब्राह्मणीका घरमा पुगेर भिक्षाको याचना गरे, अनि उनले एउटा माटोको डल्लो उठाएर मेरा हातमा राखिन।म त्यो डल्लो लिएर आफ्ना धाममा फर्किए।केही समय पछि ती स्त्री पनि देह त्याग गरी मेरा लोकमा आइन। यहाँ उनाले एउटा एक कुटी र आपको रुख प्राप्त गरिन्।खाली कुटीलाई देखेर ती महिला अत्तालिदै म सामु आइन र भनिन- म त धर्मपरायण छु, अनि मेरा भागमा चाहि किन खाली कुटी प्राप्त भएको हो प्रभु !अनि मैले उसलाई बताए कि यो अन्नदान नगरेकाले तथा मलाई माटोको डल्लो दिएको परिणाम हो।त्यसपछि मैंले त्यस ब्राह्मणीलाई भने- जब देव कन्याहरू तिमीलाई भेट्न आउनेछन त्यस बेला आफ्नो कुटिको दैलो खुल्ला राख्नू, उनीहरूले तिमीलाई षट्तिला एकादशीको व्रतको विधान बताउनेछन।स्त्रीले त्यसै गरिन् र जुन विधि देवकन्याले बताए त्यस विधिले ती ब्राह्मणीले षट्तिला एकादशीको व्रत लिइन। व्रतको प्रभावले उसको कुटी अन्नधनले भरिपूर्ण भयो।त्यसैले हे नारद ! जो व्यक्तिले यस एकादशीको व्रत लिन्छ र तिल एवं अन्न दान गर्दछ त्यसलाई मुक्ति र वैभव प्राप्ति हुने गर्दछ। व्रतविधानका सम्बन्धमा जुन विषयवस्तु पुलस्य ऋषिले दलभ्य ऋषिलाई बताएकाथिए त्यो यहाँ प्रस्तुत गरिन्छ।ऋषि भन्दछन- माघको महिना पवित्र र पावन मानिन्छ, यस महिनामा व्रत र तपको ठूलो महत्व छ।यस महिनामा कृष्णपक्षमा आउने एकादशीलाई षट्तिला भन्दछन।षट्तिला एकादशीका दिन मनुष्यले भगवान विष्णुका निमित्त व्रत लिनुपर्छ। व्रत लिने व्यक्तिले गंध, पुष्प, धूप, दीप, ताम्बूल सहित विष्णु भगवानको षोड्षोपचार विधिले पूजा गर्नुपर्छ। मास र तिल मिश्रित खिचडी पकाएर भगवानलाई लगाउनु पर्छ। रात्रिको समयमा तिलले १०८ पटक “ॐ नमो भगवते वासुदेवाय स्वाहा” यस मन्त्रले हवन गर्नु पर्छ।यस एकादशीको व्रतमा तिललाई ६ किसिमले उपयोग गर्नु उत्तम फलदायी मानिएको छ।जुन व्यक्तिले जति किसिमले तिलको उपयोग गर्दछ त्यसलाई त्यति हजार वर्ष स्वर्गप्राप्ति हुन्छ।”तिलस्नायी तिलोद्वर्ती तिलहोमी तिलोदकी। तिलभुक् तिलदाता च षट्तिला :पापनाशका :// अर्थात् १. तिलमिश्रित जलले स्नान गर्नु, २. तिलले शरीरको मालिश गर्नु, ३. तिलको तिलक लगाउनु, ४. तिलमिश्रित जल-पान गर्नु, ५. तिलको भोजन र ६. तिलद्वारा हवन। यी वस्तुलाई आफूले स्वयं ग्रहण र उपयोग त गर्नै पर्छ तथा कुनै श्रेष्ठ ब्राह्मणलाई बोलाएर उनलाई पनि यी वस्तु उपभोग हुने गरी दानादि गर्नुपर्छ।यस प्रकार जसले षट्तिला एकादशीको व्रत लिन्छ, भगवानले उसलाई अज्ञानतापूर्वक गरेभएका सम्पूर्ण अपराधबाट मुक्त बनाई दिनुहुन्छ र पुण्य प्रदान गरेर स्वर्गमा स्थान प्रदान गर्नुहुन्छ।यस कथनलाई सत्य मानेर जो भगवद्भक्तले यो व्रत विधिवत लिन्छ त्यसको प्रभुले निश्चय नै उद्धार गर्नुहुन्छ।
पं – बालमुकुन्द देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *