अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

दाङ, २० माघ ।

दाङमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरी निवासी २८ वर्षिय सुनिल चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

 

लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ कमलरोड सिसहनियाँ( दोलाई खोला) नजिक गएराति पौने १० बजेको समयमा रोल्पा देखि घोराही आउँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडीले पश्चिमदेखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

 

मृतक चालकको टाउको छेदविच्छेद भएर चुडिएको छ । मृतकको शवलाई लमही पठाइएको छ भने गाडी चालक घाइते भएका छन् ।

 

 

गाडी चालक रूपन्देहीकाे शुद्धोधन गाउँपालिका -२ बस्ने आस्वीन सुनार घाइते भएको प्रहरीले जनाएको छ ।

 

सुनारको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि भैरहवा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *