दाङ,१९ माघ ।
अन्तर्राष्ट्रिय अप्टिमिष्टको स्थापना दिवसको अवसरमा अप्टिमिष्ट क्लव अफ तुलसीपुरले अपाङगता अध्ययन केन्द्रका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले एक कार्यक्रमको आयोजना गरी तुलसीपुर ७ मा रहेको माद्यामिक विद्यालय कालाखोलाको अपाङता अध्ययन केन्द्रमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । क्लबले ३० हजार बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ ।
अप्टिमिष्ट क्लव अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यताका कार्यक्रम भएको हो ।
वडा अध्यक्ष जिसीले अप्टिमिष्ट क्लव अफ तुलसीपुरले सकारात्मक सोचसंगै सामाजिक कामान गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा क्लवलाई वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अप्टिमिष्ट क्लव विशेषगरी बालबालिका, किशोर किशोरीको क्षेत्रमा काम गर्ने सामाजिक संस्था रहेको क्लवका अध्यक्ष सापकोटाले बताउनुभयो । अप्टिमिष्ट क्लव अफ तुलसीपुरले सप्ताहव्यापी रुपमा स्थापना मनाउँदै छ । हिजो तुलसीपुरमा लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धि कार्यक्रम गरेको थियो ।
चार वटा विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम गरेको अप्टिमिष्ट अन्तराष्ट्रिय नेपालका ल्याप्टिनेन्ट गर्भनर मान बहादुर बस्नेतले बताउनुभयो । भोली तुलसीपुरमा सञ्चालित मानव सेवा भवन सहयोगार्थ ज्ञानविज्ञान महायज्ञमा सहयोग गर्ने, पर्सी ब्लड ग्रुप क्याम्प सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा आस्था पाठ कोषाध्यक्ष डम्बर डाँगी, तुलसीपुर इलेक्ट एकराज भण्डारीले स्वागत मन्तव्य र कार्यक्रमको सहजिकरण महासचिव विष्णु योगीले गर्नुभएको हो ।