भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका लागी आउने भएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी भारतको लोकसभा निर्वाचन हुनु अघि पशुपतिनाथ मन्दिर दर्शनको लागि फेब्रुअरी अन्तिम वा मार्च पहिलो साता भ्रमण गर्न आउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गएको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आउनका लागि उच्चस्तरीय सुरक्षाको लागी छलफल भइरहेको स्रोतले जनाएको छ ।