अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

तुलसीपुर मा चुरोट खैनी रक्सी मुक्त कार्ययोजना ल्याउँछौैँ: मेयर खड्का

बिशाल विश्वकर्मा, तुलसीपुर
२०८०/१०/१८

तुलसीपुर उपमहानगरपालिका का मेयर टिकाराम खड्काले आगामी कार्ययोजनामा तुलसीपुरमा चुरोट खैनी रक्सी मुक्त हुने निति ल्याउँने बताएका छन ‌।

अप्टिमिष्ट स्थापना दिवसको अवसरमा अप्टिमिष्ट क्लव अफ तुलसीपुरले लागू पदार्थ दुर्व्यसनीसम्बन्धि सचेतना कार्यक्रममा बोल्दै मेयर खड्काले यस्तो कार्ययोजना ल्याउँने बताएका हुन ‌।

अप्टिमिष्ट स्थापना दिवसको अवसरमा अप्टिमिष्ट क्लव अफ तुलसीपुरले लागू पदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रम गरेको  छ । बिद्यार्थीहरुलाई लक्षित गरी लागू पदार्थ दुर्व्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रम राखेको हो ।

स्थापना दिवसको अवसरमा अप्टिमिष्ट क्लब अफ तुलसीपुरले विभिन्न विद्यालयहरु बाट बिद्यार्थी बोलाएर तुलसीपुर उपमहानगरपालिकाको सभा हलमा कार्यक्रम गरेको हो । एकराज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का रहेका थिए ।
कार्यक्रममा लागु पदार्थ‌ सम्बन्धित नार्कोनन नेपाल‌ लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले सहभागीलाई लागू पदार्थ दुर्व्यसन सम्बन्धि परिक्षण दिएका हुन । पुनले कार्यक्रममा सम्बोधन गर्दै पछिल्लो समयमा युवाहरु लागूपदार्थ दुर्व्यसनीमा फस्ने गरेको बताएका छन्। यस्ता दुर्व्यसनीबाट मुक्त हुन स्थानिय तहहरुमा विभिन्न कार्यक्रमहरु गर्नुपर्ने बताएका छन् । पुनले लागूपदार्थ सेवनले मानिसको जिवनमा नकारात्मक असरहरु आउने बताएका छन् ।
कार्यक्रममा अप्टिमिष्ट क्लब अफ तुलसीपुरका अध्यक्ष कमल सापकोटा‌ , उपाध्यक्ष टिम अधिकारी, अध्यक्ष इलेक्ट एकराज भण्डारी, महासचिव बिष्णु योगि , तुलसीपुर जे सि ज अध्यक्ष पूर्ण विक्रम डाँगी, सल्लाहकार झरेन्द्र खरेल , बिष्णु देबकोटा, मेघराज पोख्रेल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा ग्रेट अरनिको मा वि , लिटिल हेभन मा वि , दाङ भ्याली मा वि , गोरखा मा वि विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको उपस्थित रहेको थियो । दुर्व्यसन‌ मुक्त समाज निर्माणका‌ लागि सचेतना कार्यक्रम संचालन गरिएको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *