अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

लोक संस्कृति संरक्षण र पुस्तान्तरण हुन आवश्यक छ : व्याकुल माइला

दाङ, १६ माघ । राष्ट्रिय गीतका रचनाकार प्रदिप कुमार राई ‘ब्याकुल माइला’ले लोक संस्कृति संरक्षण र पुस्तान्तरण हुन आवश्यक रहेको बताएका छन् । लक्ष्य एकेडेमी तुलसीपुरले आयोजना गरेको सहिदहरुको सम्झनामा दोस्रो विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विर गति प्राप्त गरेका सहिदहरुको बलिदानले आज हामी नेपालीले लोकतन्त्रको प्राप्त गरेको समेत बताए । ‘यदि दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले लोकन्तत्र प्राप्तीका लागि नलडेको भए आज हामी स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार हुने थिएन्, ब्याकुल माइलाले सहिदहरुलाई सम्झिदै भने । ’

त्यस्तैलोक नाँच धार्मिक, सांस्कृतिक, निश्चित तिथि, मिति, विधि विधानसंग जोडिएको उनले बताए ।

उनले नेपालको पर्यटन पर्वद्धनका लागि लोक संस्कृति, लोक नाचलाई जर्गना गर्नु आजको मुख्य दायित्व भएको बताए । पछिल्लो समय मुलुकमा पश्चिमा संस्कृतिको नक्कल गर्नाले हाम्रो लोक संस्कृति विलय हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै उनले विश्वले नेपालमा आएर लोक संस्कृति र संस्कारको अध्ययन गरेर विभिन्न आविष्कारहरु गरेको छ तर नेपालले भने आफ्नो लोक संस्कृतिलाई भन्दा पनि पश्चिमा संस्कृतिलाई बढावा दिएको बताए ।

 

त्यस्तै पछिल्लो पुस्ताले राजनिति प्रति कुनै चाँसो नदेखाएको बताए । देश परिवर्तन गर्न अग्रजहरुको मात्र नभई हामी सबैको दायित्व भएको जिकिर ।

 

त्यस्तै यस विद्यालयले अन्य विद्यालय भन्दा फरक योजनाका साथ कार्यक्रम गरेको बताउदै उनले यस विद्यालयले बालबालिकालाई लोकतन्त्र, गणतन्त्रको पृष्ठभूमिकाको बारेमा जानकारी र लोक कला संस्कृतिको बारेमा जान्ने अवसर प्रदान गरेकोमा धन्यावाद समेत दिएका छन् । साथै उनले राष्ट्रिय विषयवस्तु जान्न पाउनु पर्दछ भन्ने उद्देश्य राख्नु महत्वपूर्ण भूमिका रहेको बताए ।

 

त्यस्तै कार्यक्रममा एनप्याव्सनका केन्द्रिय सदस्य प्रकाश शर्मा, प्याव्यसन दाङका अध्यक्ष भोजराज न्यौपाने, एनप्याव्यसन उपाध्यक्ष सुबोध कुमार डाँगी, महेन्द्र बहुमुखी क्याम्पस घोराहीका प्रधानाध्यापक सुन्दर गौतम लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय कलाकार विपिन घिमिरे, शिला विष्ट लगाएत विद्यालयका बालबालिकाहरुले विभिन्न संस्कृति झल्कने खालका प्रस्तुतीहरु राख्नुका साथै वार्षिकोत्सवका अवसरमा विभिन्न विद्यामा प्रथम, दोस्रो, तेस्रो हुने विद्यार्थीलाई पुरस्कार तथा मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

विद्यालयका प्रधानाध्यपक लोकेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको स्वातगत विद्यालयका एएच शुनिल शर्माले गरेका थिए भने कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षिका सृजना खड्का र संचारकर्मी एच. आर. मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *