![](https://cntpress.com/wp-content/uploads/2024/01/received_1042620783462111-1024x823.jpeg)
ओम आचार्य, दाङ,माघ १६
![](https://cntpress.com/wp-content/uploads/2023/08/Naya-paila-ads.jpeg)
श्री सिद्धेश्वरी आधारभूत बिद्यालय बबई ७ सिमलकुना दाङमा सहिद दिवसको अवसरमा वक्तृत्वकला सम्पन्न भएको छ। बिद्यालय ले “राष्ट्र निर्माणमा सहिदहरुको बलिदान” बिषयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
![](https://cntpress.com/wp-content/uploads/2024/05/received_1495237044762363.jpeg)
बिद्यालयका प्रधानाध्यापक दिनेश कुमार बुढाथोकी को सभाअध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मम बहादुर भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सहिदहरुको बारेमा सम्बन्धित विषयवस्तुको जानकारी बिद्यालयका शिक्षक कृष्ण कुमार थापाले दिएका थिए ।
उक्त प्रतियोगितामा कक्षा ७ मा अध्ययनरत छात्रा मनिसा डाँगी प्रथम , कक्षा ६ मा अध्ययनरत छात्र राम बहादुर डाँगी द्वितीय र कक्षा ८ मा अध्ययनरत छात्रा समिक्षा बोटे तृतीय हनुभएको थियो । कार्यक्रममा विद्यालयका १० जना छात्रछात्रा हरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको निर्णायकमा कल्पना बुढाथोकी, किरण चौधरी र राम बहादुर खत्री रहनुभएको थियो भने उक्त कार्यक्रमको सहजीकरण शिब प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
![](https://cntpress.com/wp-content/uploads/2024/10/20241015_074507-scaled.jpg)