अपडेट
छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै बर्ष उत्कृष्ट विद्यालय अवार्ड ज्ञानज्योति मा.वि.लाई  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव दाङ आइपुगे, नेता कार्यकर्ता द्वारा भालुबाङमा स्वागत 

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले फेरी बजारबाट पैसा झिक्न थालेको हो । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । यो प्रक्रियालाई ब्याजदर करिडोर भनिन्छ । ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

यसका लागि आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

साभार  कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *