ओरल्ड च्यामपियन क्षेत्री,माघ १५
नेपालमा सन १९७० को दशकमा गाँजा खेती गर्न गाँजा बेचबिखन गर्न तथा आनन्द प्रदायकका लागि गाँजा सेवन गर्न समेत पुर्ण रुपले खुल्ला थियो । त्यसकारण त्यस समय मा बाहिरी मुलुक बाट टुरिस्ट ,पर्यटन तथा साधु-सन्तहरु गाँजा सेवन गरेर आनन्द प्राप्तिका लागि नेपाल भित्रीने गर्दथे ।
त्यसबेला नेपालमा विभिन्न प्रकारका गाँजा पाईने राज्यका रुपमा पनि विश्व प्रसिद्द थियो साथसाथै काठमान्डौ, भक्तपुर का क्षेत्रहरुका होटेलमा गाँजा को मेनु नै राखेर गाँजाका विभिन्न परिकार समेत बिक्री तथा बितरण समेत गरिन्थ्यो । त्यसबेला गाँजा को बिक्री तथा बितरण बाट नै राजस्व मा लाखौँ डलर जम्मा हुन्थ्यो नेपालको गाँजा अब्बल दर्जाको मानिन्थ्यो र नेपाल बाट बिदेशी मुलुकमा गाँजा निर्यात समेत हुन्थ्यो ।
नेपाल बाट निर्यात हुने गाँजा इन्डिया, युरोप , र अमेरिका सम्म जान्थ्यो यसरी नेपालको गाँजाको प्रभाव बाह्य मुलुकहरु मा सम्म परेको हुनाले त्यसपछी पशिमेली मुलुकहरुले आफ्नो राज्यको गाँजा को खासै प्रभाव पार्न नसकेको कारण बि.सं २०३३ अर्थात सन १९७६ मा लागूऔषध नियन्त्रण ऐन पास गरेर गाँजा को सबै प्रकारको प्रयोग निर्यात र खेतिमा समेत प्रतिबन्ध लगायो गाँजा को उत्पादन र व्यापार को खुल्लापरिबेश अन्त्य गरियो । गाँजाका कारण कृषि र पर्यटन बाट जनस्तरमा हुने आम्दानी समाप्त भयो ।