अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

रनिङ शिल्डमा बिजेता खेलाडीहरूलाई नगद सहित सम्मान

बिशाल विश्वकर्मा,माघ १५ , तुलसीपुर

 

माध्यमिक विद्यालय कालाखोलाका नगर स्तरीय रनिङ शिल्डमा बिजेता खेलाडीहरूलाई नगद सहित सम्मान गरिएको छ ‌। विद्यालयले बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी बिजेता खेलाडीहरूलाई नगद ,कप र प्रमाणपत्र सहित सम्मान गरेको हो ।

बिजेता खेलाडीहरूलाई तुलसीपुर उपमहानगरपालिका वडा नं ७ वडाअध्यक्ष राम बहादुर जि सी ले नगद रु. १००००, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीले रु. ५०००,सोही विद्यालयका प्रधानाध्यापक राजिव ओझाले रु. ३००० र शिक्षक छबिलाल न्यौपानेले रु. ३००० नगद पुरस्कार सम्मान स्वरुप प्रदान गर्नुभएको हो ।

 

 

नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता का विभिन्न खेलमा गरि माध्यमिक विद्यालय कालाखोला का २६ जना खेलाडीहरूले कप/मेडल जितेका हुन ‌।

 

विद्यार्थीलाई शिक्षामा मात्र केन्द्रित नभई खेल तथा अन्य अतिरिक्त क्रियाकलापमा पनि संलग्न भई अगाडि बढाउन वडा सदैव सकारात्मक र सहयोग गर्न तयार रहेको वडा अध्यक्ष जि सी ले बताउनुभएको हो ‌ ।

 

पछिल्लो समय माध्यमिक विद्यालय कालाखोला ले अघिल्ला वर्षहरुमा पनि नगर स्तरीय तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगिता हरुमा उत्कृष्ट नतिजा तथा शिल्ड र कपहरु हात पार्दै आइराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *