अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरलाइ

तुलसीपुर,माघ १४

तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको हो।

गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर दाङले सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने ६ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्ने ज्ञानज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। ६ स्वर्ण, ७ रजत र ११ कास्य पदक हासिल गर्ने सेन्टर माध्यमिक विद्यालय तुलपुरले सान्त्वाना स्थान हासिल गरेको छ।

उद्घाटन कार्यक्रममा मार्च पास तर्फ गुरु जजुर प्रथम, कला संस्कृतिका हिसाबले सप्तरंगी विद्यालय प्रथम र अनुशासन तर्फ हिमाल एकाडेमी प्रथम हासिल गर्न सफल भएका थिए। रनिङ शिल्डमा ३९ विद्यालयहरुको उपस्थिति रहेको थियो । एथलेटिक्सतर्फ त्रिपल जम्प, विभिन्न दुरीका दौडहरु लगायत भलिबल, कबड्डी खेलहरू सञ्चालन भएको थियो।

यसैगरी आगामी छैठौँ तुलसीपुर उपमहानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माध्यमिक बिद्यालयले आयोजना गर्ने जानकारी दिइएको थियो।

गुरुजजुर विद्यालयका विव्यस अध्यक्ष लोकमणि पोखरेलको सभापतित्वमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण शिक्षक प्रमोद कुमार न्यौपाने र लेवेन्द्र केसीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *