बिशाल विश्वकर्मा,माघ १४, तुलसीपुर
प्रहरीले गाडी रोक्दा सवारी चालकको सातो जाने गर्दछ । कागजात चेक गर्ने डरमा ब्लड प्रेसर यसै बढ्ने गर्दछ । ड्युटीमा रहेको प्रहरीले सधै कागजात मात्र चेक गर्दैनन , जसको उदाहरण हो अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङले आज गरेको काम ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङले स्वास्थ्य परिक्षण कार्यक्रम गरेको छ ।
नगर स्वास्थ्य केन्द्र पर्सेनीको प्राविधिक सहयोग र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी पोष्ट पर्सेनी दाङको आयोजनामा जेष्ठ नागरिक, सवारी चालक,अस्थायी प्रहरी पोष्टका स्टाफहरु, जनप्रतिनिधिहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
प्रहरीले ड्युटीको समयमा कार्यव्यस्तता नभएको बेला सामाजिक कार्यमा पनि संलग्न हुन सक्ने गतिलो उदाहरण दिदैँ यो कार्यक्रमको सुरुवात गरिएको इन्चार्ज बलाराम नेपालीले बताउनु भएको हो ।