अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

फोहोर बाट मोहोर कमाउँदै बिमल, बिग्रिएका कुर्ची बनाएर मनग्य आम्दानी गर्दै

सागर सुबेदी,माघ १४ ,तुुलसीपुर

टरीगाँउका ३० बर्षिय बिमल बि क यतिबेला बिग्रिएका कुर्ची बनाउन व्यस्त देखिन्छन । बजारमा व्यापारिक प्रतिस्पर्धा रहेको समयमा छुट्टै व्यापार को योजना सार्वजनिक हुनु सामान्य नै मानिन्छ तर फरक तरिकाले मान्छेले नसोचेको कुरा बजारमा आउनु नौलो सँगसँगै आश्चर्य चकित पनि । व्यापार गर्ने व्यापारी होस या जागिर गर्ने कर्मचारी घुम्ने कुर्सीमा बस्ने रहर हर कोहिमा रहन्छ । र त्यो घुम्ने कुर्सी आरामदायी सँगसँगै महङ्गो पनि त्यती कै नै हुने गर्दछ ।

महङ्गो भएकै कारण होला मान्छेहरु यो कुर्सीमा बस्न पनि त्यति नै सोकिन हुने गर्दछन ।

तर दुःख को कुरा यो कुर्सी एकपटक बिग्रियो भने तनाव बनाउँछ । नयाँ खरिद गर्न सारै महङ्गो पुरानो बिग्रियो बनाउन झन्झट । यहि समस्या लाइ समाधान गर्न तुलसीपुरमा नयाँ व्यवस्थापनका साथ बिमल बि क ले सन्चालन मा ल्याएका छन कुर्सी मर्मत सेन्टर । उनले जस्तोसुकै बिग्रिएको घुम्ने कुर्सीलाइ मात्र रु.३००० मा नयाँ जस्तै बनाउन सकिने बताएका छन ।
अब जस्तोसुकै बिग्रिएको घुम्ने कुर्सी मर्मत गरी नयाँ जस्तै बनाएर घुम्ने कुर्सीमा बस्ने तपाइको रहर पुरा गर्ने सन्चालक ले बताएका छन ।

नेपालमा कोभिड १९ ( कोरोना ) को कारण भएको लकडाउनको समयमा घरमा भएको बिग्रिएको कुर्सी लाइ नियालेर मर्मत गर्ने प्रयास गर्दा आफुले मर्मत गर्न सके पछि यो काम लाइ व्यावसायिक रुपमा नै गर्ने सोँच बनाएका बिमल ले अहिले यो कामलाइ निरन्तरता दिएका छन । उनले अहिले यहि काम गरेरै मनग्य आम्दानी गरिरहेको र नेपालमा सम्भावना नदेखेर बिदेशीने युवाहरुलाइ बजारमा नयाँ कामको सम्भाव्यता अध्ययन गरेर व्यापार व्यवसाय गर्न सके नेपाल मै राम्रो सम्भावना रहेको समेत बताएका छन ।

कुर्सी मर्मतको लागी सम्पर्क नम्बर ः ९८०८७२७८४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *