अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

शिक्षामा गुणस्तर सुधारका लागि अतिरीक्त कक्षा सञ्चान गर्दै गढवाका सामुदायिक विद्यालय

दोर्ण के.सी./गढवा, १२ माघ । 

शिक्षामा गुणस्तर सुधारका लागि गढवामा अतिरीक्त कक्षा सञ्चालन सुरु भएको छ। गढवा गाउँपालिका वार्ड नम्बर ६ बालाखुटीमा रहेको श्री बालकल्याण आधारभूत विद्यालय बालाखुटीले शुक्रबारदेखी अतिरीक्त कक्षा सञ्चालन सुरु गरेको छ ।

अतिरिक्त कक्षा सञ्चालन कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि धेरै प्रयास गरिरहेको बताउनुभयो। गढवा गाउँपालिकाको शिक्षामा गुणस्तर सुधारका लागि आफु निरन्तर नयाँ कार्यक्रमहरु गरिरहेको बताउनुभयो। अभिभावकहरुला लागि अभिभावक शिक्षा कार्यक्रम सुरु गरेको बताउँदै अभिभावक शिक्षा कार्यक्रमबाट अभिभावकहरुले सक्रियता र विद्यालयको कार्यक्रममा उपस्थिति असाध्यै राम्रो भएको बताउनु भयो। शिक्षा सुधारको लागि अभियान जस्तै गरि पालिका लागेको बताउनुभयो। अतिरीक्त कक्षामा विद्यार्थी लाई थप भार नहुने बताउँदै गुणस्तरीय शिक्षाको लागि विध्यार्थीको मनोभावना अनुसार पढाई हुने बताउनु भयो ।विध्यालयमा अभिभावकहरुको सक्रियता अनिवार्य हुनु पर्ने बताउदै अध्यक्ष पोख्रेलले अभिभावकको सक्रियता न्युन हुँदा झन शिक्षामा बदलाव नहुने बताउनु भयो। बालाखुटीको विध्यालयले गुणस्तर सुधारको लागि गरेको प्रयास एकदम राम्रो भएको बताउनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले अतिरीक्त कक्षा सञ्चालनको समुद्घाटन कार्यक्रममा अभिभावकहरुको उपस्थिति सरहनिय भएको बताउनुभयो। आफुहरु निर्वाचित भए देखी शिक्षामा संवेदनशील भएको बताउदै शिक्षामा सुधार गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनु भयो। गाउपालिकाको नमूना विध्यालयको रुपमा विध्यालयलाई बनाउन शुभकामना समेत दिनु भयो।

कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले गुणस्तरीय शिक्षाको लागि अतिरीक्त कक्षा सञ्चालन महत्वपूर्ण हुने बताउनु भयो । पालिकाले बर्षेनी ठुलो मात्रामा लगानी गरेको बताउदै सामुदायिक विध्यालयमा पढाई हुदैन भन्नुको साटो अभिभावकहरुले पनि त्यसको जिम्मेवार भएको बताउनु भयो ।सामुदायिक बिध्यालयको विकास र शिक्षाको गुणस्तरका लागि अन्य विकास योजनाबाट रकम कटौती गरेर भएतापनि लगानी गर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै विध्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमाकान्त सुबेदीले विध्यालयलाई पालिकाको नमूना विध्यालय बनाउने हिसाबले आफुहरु लागि परेको बताउनुभयो। बिहान ८ बजे देखी साझ ६ बजे सम्म अतिरीक्त कक्षा सञ्चालन हुने बताउदै बिध्यालयको हक हितको निम्ति आफु निरन्तर लागेको जानकारी दिनु भयो । अतिरीक्त कक्षा सफल गर्न अभिभावकहरुको सहयोग अपरिहार्य भएको अध्यक्ष सुवेदीले बताउनुभयो।

समुद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, वडासदस्य दिनमणी आचार्य,७ नम्बर वडा सदस्य निर्मला नेपाली, शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, , पूर्व विध्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकन्त पन्त, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल, तुमला ढुङगाना लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको बारेमा विध्यालयका प्रधानाध्यापक तारा प्रसाद ढुङगानाले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षिक सुदन केसीले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *