
माघ १२, तुलसीपुर

योङ कम्युनिष्ट लिग नेपाल तुलसीपुर उपमहानगरपालिका कमिटिको तेस्रो नगर स्तरिय सम्मेलन भोली माघ १३ गते तुलसीपुरमा हुने भएको छ ।

तुलसीपुर ५ मा रहेको बिएसएस पार्टी प्यालेस मा बिहान ११ बजेदेखि सुरु हुने सम्मेलन ले आउँदो कार्यकाल का लागी नेतृत्व चयन गर्नेछ ।
नेकपा माओवादी को भातृ(युवा) सँगठन योङ कम्युनिष्ट लिग ( वाइसिएल ) ले दाङका १० वटै पालिकामा सम्मेलन गरिरहेको छ । केही पालिकामा सम्मेलन सकिएको छ भने केहीमा जारी छ ।
साथै सम्मेलनमा सहभागीका लागि सम्पूर्ण नेता कार्यकर्ता तथा युवाहरूमा अनुरोध गरिएको ईञ्चार्ज हेवेन्द्र शाहीले बताए ।
