बिशाल विश्वकर्मा, तुलसीपुर,माघ १२
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान का केन्द्रिय संयोजक दुर्गा प्रसाई आज दाङ आउने कार्यक्रम स्थगित भएको छ ।
माघ १२ गते दाङको घोराहीमा हुने विशाल नागरिक अभियान कार्यक्रमलाई सम्बोधन गर्न आउन लागेको कार्यक्रम दुर्गा प्रसाइ को स्वास्थ्यमा आएको समस्या को कारण स्थगित गरिएको प्रसाइ ले सामाजिक सञ्जाल मा एक स्टाटस लेख्दै जानकारी दिएका छन्।
यस्तै आज हुने भनिएको कार्यक्रम केहि समय पछि सारिएको छ भने मिति भने सार्वजनिक गरिएको छैन।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन “कार्यक्रम स्थगित गरिएको बारे ।
भोलि दिउसो १२ बजे दाङ्ग घोराइमा हुने भनिएको हाम्रो अभियानको कार्यक्रम,मेरो घाटीमा समस्या आई स्वास्थ्य बिग्रिएको कारण केहि दिन पछि हुने गरि स्थगीत गरेको बेहोरा सम्पूर्ण दाङ्ग बासीमा जानकारी गराउन चाहन्छु। तपाईहरुले निम्तो गरेको कार्यक्रममा भोलि उपस्थित हुन् नसक्दा सम्पूर्ण दाङ बासी राष्ट्र प्रेमी नागरिक प्रति छेमा माग्न चाहन्छु।”