अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: आज उद्घाटन खेल ( कुन विद्यालय ले के भयो ?)

तुलसीपुर,माघ ११

तुलसीपुर उपमहानगरपालिका स्तरीय ५ औँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज गुरु जजुर नमुना मा वि तुलसीपुर रक्षाचौर को आयोजना मा उद्घाटन भएको छ ।

आज सम्पन्न एथलेटिक्स तर्फको १०० मिटर छात्रा दौडमा गोरखा माबिका धावनी नेपाली प्रथम,गुरुजजुर माबिका निसा केसी द्वितिय र अमृत एकेडेमिका सरिता महरा तृतिय भए । यस्तै छात्र तर्फ माबी सेन्टरका टार्जन गिरि प्रथम,ज्ञान ज्योती माबिका अर्जुन कुमार योगि द्वितिय ग्रेट अरनिको माबिका अनिल चौधरी तृतिय भए ।

 

त्यस्तै १५०० मिटर दौड छात्र तर्फ गुरुजजुर माबिका विशाल महत प्रथम,गोरखा माबिका बिजय कवर द्वितिय र ग्रेट अरनिको माबिका नरेश कुमार घर्ती तृतिय भए। त्यस्तै छात्रा तर्फ गोरखा माबिका मोतिकला डागी प्रथम,माबी कालाखोलाका जेनिशा पुन द्वितिय माबी तुलसिपुर सेन्टरका एलिशा सुनाम तृतिय भए ।

त्यस्तै सटपट छात्र तर्फ गोरखा माबिका पुष्पकमल बिक प्रथम,सहिद स्मृति माबिका सुशील शाही द्वितिय र ग्रेट अरनिको माबिका ऋषिकेश चन्द तृतिय भए । यसैगरी छात्रा तर्फ ज्ञान ज्योती माबिका रितु नेपाली प्रथम,गुरुजजुरकि निरुता बिक द्वितिय र डिभाईन टेम्पल एकेडेमीका कृतिका बुढाथोकी तृतिय भए ।

त्यस्तै छात्रा लङजम्पमा गोरखा माबिकी करुणा रिजाल प्रथम,गुरुजजुरकी निशा केसि द्वितिय र अम्बिकेश्वरी माबी अम्बापुरकी अनिता चौधरी तृतिय भएको एथलेटिक्स वरिष्ठ प्रशिक्षक पद्मा चौधरिले जानकारी दिएका छन । प्रतियोगिता अन्तरगत भोलि शुक्रबारका खेल बिहान ८ बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *