२९ पुस, काठमाडौँ ।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य एक हजार माथि पुगेको छ । २० कारोबार दिनदेखि निरन्तर बढेको कृषि कम्पनीको सेयर मूल्य आज (आइतबार) एक हजार ९० रुपैयाँ पुगेको हो।
कृषि कम्पनीले सर्वसाधारणलाई २ करोड ३४ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो। यो कम्पनीको सेयर मूल्य अझ माथि पुग्ने लगानीकर्ताहरूले बताउँदै आएका छन् ।