
बिशाल विश्वकर्मा

तुलसीपुर,माघ/६/२०८०

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ ले वडामा रहेका ५७ जना गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
पढ्न लेख्न विद्यालय जाने तर झोला कापी कलम ड्रेस जस्ता शैक्षिक सामग्री किन्न नसक्ने गरिव तथा विपन्न परिवारका विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष दुजमान भण्डारी ले बताएका छन ।
तुलसीपुर उपमहानगरपालिका को उपमेयर स्यानी चौधरी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा वडा का बिभिन्न विद्यालयमा अध्ययन गर्ने गरिब तथा बिपन्न परिवारका ५७ जना बिद्यार्थीहरुलाई झोला,कापी कलम,ड्रेस वितरण गरिएको थियो।
