अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

प्यूठानमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

 

सुरज पुन मगर,

प्यूठान :प्यूठानको पर्यटकीय क्षेत्र

मल्लरानीमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ छिट्टै सञ्चालन हुने भएको छ ।  निर्माणधिन अवस्थामा रहेको जिपलाइनको परिक्षण चलिरहेको छ। सुस्ताउँदै गइरहेको सदरमुकाम खलंगाको अनुहारमा चमक ल्याउनका लागि जीपलाइनको अवधारणा अघि सारिएको मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इमानसिंह भारतीले जानकारी गराए ।

मल्लरानी धाइरेचौर सामुदायिक वन उपभोक्ता समूह तथा पालेबन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा जीपलाईन संचालन हुनेछ ।दुबै सामुदायिक वन उपभोक्ता समूहले आ–आफ्नो कार्ययोजना भित्र पर्यापर्यटन अन्तर्गत जिपलाईन संचालनलाई अघि बढाएका छन् । कम्पनी र दुईवटै सामुदायिक वन उपभोक्ता समूहबिच जिपलाईन संचालनको कानुनी प्रक्रिया, भाडामा लिने प्रक्रिया तथा स्वामित्वबारे सहमती हुने भारतीले बताए ।

‘ केहिदिन भित्रै औपचारिक रूपमा जीपलाईनको उद्दघाट्न गरिने उनले बताए । जिपलाइन खेलको उडान विन्दुदेखि अवतरण विन्दुसम्मको दूरी ६ सय ५० मीटर को रहेको छ । उनले सो खेल नेपाली नागरिकका लागि प्रतिव्यक्ति एक पटकमा एक हजार देखि एक हजार पाचसयसम्म लाग्ने बताए । सबै उमेर समूहका व्यक्तिले खेल्न सकिने सो खेल दिनको ६० जनासम्मले खेल्न सकिने उनको भनाइ । टिकट बुकिङ गर्नेका लागि तौल र सबै प्रकारको स्वास्थ्य जाँचपछि मात्रै सो खेलमा सहभागी गर्नसक्ने नियम रहेको छ । जिपलाइन खेल सञ्चालनमा आएपछि प्यूठानको मल्लरानीमा आन्तरिक तथा बाह्य पर्यकटको थप आकर्षण बढ्ने पर्यटन व्यवसायी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *