अपडेट
राप्ती आधारभूत अस्पतालको सेवा शुभारम्भ आज माघ १३ गते आइतबारको को राशिफल हेर्नुहोस । दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड

शान्तिनगरका अध्यक्ष बस्नेतको जन्मदिन विकट बस्तीका विद्यार्थीसंग

दाङ , माघ ५

दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नाे जन्मदिन विकट बस्तीका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसंग मनाउनु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. १ का विकट बस्तीका विद्यालय राप्ती मा.वि. पेदिखोला र सरस्वती प्रा.वि. बाघखोरका विद्यार्थीसंग आफ्नो जन्मदिन मनाउनु भएको हो । राप्ती मा.वि. पेदिखोलाका विद्यार्थीले बाटैमा अध्यक्ष बस्नेतको जन्मदिनमा केक काटेका थिए । विद्यार्थीहरुले आफै केक लिए्र काटेका थिए । विद्यार्थीहरुले अध्यक्ष बस्नेतलाई केक काट्दै जन्मदिनको शुभकामना दिएका थिए ।

 

अध्यक्ष बस्नेतले विद्यालयका विद्यार्थीलाई बल वितरण गर्नु भएको थियो । यसैगरी सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीका संग जन्मदिन मनाउनु भएको हो । सो विद्यालयमा अध्ययनरत ५२ जना विद्यार्थीलाई व्यक्तिगत विद्यालयको पोशाक वितरण गर्नुभएको छ । विकट बस्तीका विद्यालयका विद्यार्थीसंग जन्मदिन मनाउन आफुलाई खुशी लागेको अध्यक्ष बस्नेतले बताउनुभयो । जन्मदिनमा फोकट खर्च गर्नु भन्दा विद्यार्थी संग बसेर जन्मदिन मनाएको र थोरै भएपनि विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको उहाँले बताउनुभयो ।

 

शान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेतले विकास निर्माणसंगै गरिब दुखी असाहयहरुको सहयोग र साथ दिदै आउनु भएको छ । जेष्ठ नागरीक तथा विरामीलाई निशुल्क उपचार देखि निशुल्क अप्रेशन गराउनु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *