अपडेट
आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल आज फागुन २६ गते सोमबारको राशिफल हेर्नुहोस आज फागुन २५ गते आइतबारको राशिफल हेर्नुहोस श्रमिक महिलाको संघर्ष (कविता) श्रमिक महिलाको संघर्ष (कविता) महिला दिवसमा शिक्षिका सम्मानित  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: ऐतिहासिक पृष्ठभूमि, उपलब्धिहरू र बाँकी कार्यभार राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

प्रतिफल आउने गरि लगानी गरौ : मुख्यमन्त्री चौधरी

दाङ, ५ माघ 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले लगानी गरि सकेपछि त्यसको प्रतिफल आउने गरि काम गर्न निर्देशन दिनु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा शुक्रवार देउखुरीमा भएको परामर्श कार्यशालामा मुख्यमन्त्री चौधरीले यस्तो निर्देशन दिनु भएको हो । उहाँले अव सरकारले लगानी मात्रै गर्ने नभई त्यो लगानीवाट आउने प्रतिफल र आर्थिक समृद्धिको पक्षलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।

हामी बाटो बनाउछौँ, तर बाटोबाट स्थानीयले, सरकारले पाउने प्रतिफल खोज्दैनौ उहाँले भन्नु भयो, अव त्यो खोजौ । ‘स्रोत परिचालन भयो भने त्यसका उपलब्धी देखिनु पर्छ,’ उहाँले भन्नु भयो, यो अनुसारकारको अायाेगले नीति बनाउनु पर्छ ।

मुख्यमन्त्री चौधरीले प्रदेश सरकार एक घरमा ३०/४० हजार आम्दानीको रोजगारी सिर्जना होस भन्ने लक्ष्यमा छ । आर्थिक विकासका लागि त्यो कमाउन सक्ने हामीले बनाउनु पर्छ । लगानीकर्ताले दिएको रिपोर्ट पनि राज्य संयन्त्रले अध्ययन गरेर सुधार गर्न सक्ने हुनु पर्छ, उहाँले भन्नु भयो, त्यो उपयोगी र काम लाग्ने हुनु पर्छ ।

योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीको अध्यक्षतामा तथा मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रीहरु, सचिव, विज्ञ सदस्य सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डा केसीले प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजना आयोगले नीति गत सुधारको प्रयास गरिरहेको बताए । कार्यक्रमको सहजीकरण आयोजका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *