अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिए माइजु र भान्जा

दाङ जिल्लाको तुलसीपुर १३ स्थित दमारगाउँको  जङ्गलमा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका महिला र पुरुष माइजु भान्जा भएको खेलेको छ।

मृत भेटिनेमा तुलसीपुर उपमहानगरपालिका ३ गोटीखोला निवासी भान्जा पर्ने १९ वर्षीय तुलसीराम घर्ती र माइजु पर्ने सोही ठाउँकी करिब  ३४ वर्षीया बसन्ती थापा रहेको प्रहरीले जानकारी दिएको हो । यस्तै मृतक महिला विवाहित रहेको र पुरुष भने अविवाहित रहेको प्रहरीले जनाएको हो।

आफ्नी श्रीमती हराएको भन्दै श्रीमानले केही दिन अगाडि इप्रका तुलसीपुरमा निवेदन दिएको पनि प्रहरीले जानकारी दिएको हो ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुर अमेलिया सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका  १३ दमारगाउँमा सडक देखी झन्डै एक किलोमिटर भित्रको जङ्गलमा बुधबार पात टिप्न गएको बेला स्थानीयले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले उनीहरूको शव सडेको अवस्थामा फेला परेको हुँदा केहि दिन अगाडि उनीहरूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

अलिले मृतकको लास पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको सबगृहमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *