अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

यी पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको बताएको छ।

जसका कारण अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ।

बुधबार दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेख छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि उसले बताएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *