अपडेट
अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते  खाना पकाउँदा चुलोबाट शरीरमा आगो लाग्दा दाङमा एकजनाको मृत्यु स्व. ओलीको सालिक अनावरण  आज माघ २९ गते मङ्गलबार को राशिफल हेर्नुहोस फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका प्रेस सेन्टर लुम्बिनी प्रदेशको अध्यक्षमा वाग्ले दक्षिणतिर गएको माओवादी पार्टी दायाँतिर फर्किएको छ: महरा राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो आज माघ २८ गते सोमबार को राशिफल हेर्नुहोस तुलसीपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु : घोराही-तुलसीपुर सडक अबरूद्ध हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन नेपाल गठन : महसचिवमा दाङका पोख्रेल आज माघ २७ गते आइतबार को राशिफल हेर्नुहोस साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न दाङमा १० वर्षीय बालकले आफ्नै भाइलाई गोली हानी हत्या आज माघ २६ गते शनिबार को राशिफल हेर्नुहोस राप्ती गाउँपालिकाको दाेस्राे गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न  अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते फुलेको सिमल आज माघ २५ गते शुक्रबारको राशिफल हेर्नुहोस्।

नवयुग बालक्लबको आयोजनामा बालबालिकालाई न्यानो कपडा वितरण

सौगात घिमिरे । बिर्तामोड नगरपालिका वडा न.७मा संचालित वडा स्तरीय बालक्लबले आज माघ १ गते वडामा स्थित जनता प्राथमिक विद्यालयमा विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ।


क्लबका अध्यक्ष अनिशा रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिका वडा न.७का अध्यक्ष कृष्ण अबिरल खरेलको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम बेल्स मोडल विद्यालयमा संचालित बेल्स बालक्लब तथा बिर्तामोड नगरपालिका वडा न.७को आर्थिक सहयोगमा सन्चालन गरिएको हो।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष खरेलले वडालाई देशकै उत्कृष्ट बालमैत्रीपुर्ण वडा बनाउने लक्ष्य सहित अघि बढिरहेको र वडा बालक्लबका सम्पुर्ण क्रियाकलापमा अभिभाकत्व ग्रहण गर्न सदैव तत्पर रहिरहेको र रहिरहने कुरा राख्नु भयो। विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडानन्द निरौला,सुन्दर निचाझोडा वन समिति अध्यक्ष बद्री प्याकुरेल लगायतको विशेष उपस्थितिमा सन्चालन गरिएको कार्यक्रममा बेल्स मोडल विद्यालय,कन्चन माध्यमिक विद्यालय,लक्ष्मि आधारभुत विद्यालयबाट प्र.अ. ज्युहरुको आतिथ्यता रहेको थियो।
कार्यक्रममा ८० जना विध्यार्थिलाई न्यानो कपडा वितरण गरिएको थियो भने विद्यालयका प्रधानाध्यापक डिल्ली रमण भट्टराईज्युलाई प्रतिनिधिमुलक रुपमा खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो। क्लबकि उपाध्यक्ष सुबानि प्रसाइले बालमैत्री स्थानीय शासन व्यवस्था सम्बन्धी विशेष जानकारी प्रदान गर्नु भएको थियो ।
क्लबका सचिव सौगात घिमिरेले सन्चालन एवम् सम्योजन गरेको उक्त कार्यक्रम स्वागत क्लबका सदस्य आयुष खरेलले गर्नुभयो भने कार्यक्रमको औचित्य माथी प्रकाश क्लबकै सदस्य सचिन बरालले पार्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *