अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

कथा – श्रीमती कि साथी

निर्मला देवी तिम्सिना(कान्छी), पुष २९, २०८० ! ओखलढुङ्गा 

फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ ।जसरी चुम्बकले फलाम तान्छ त्यसरी नै सुन्दर तस्बिरले मेरो मन तानेको थियो । केही समय पछि उनले मेरो अनुरोध स्वीकार गरिन्। हामी साथी बन्यौं।

साथी बनेको भेउ पाउने बितिक्कै मैले हाई भनेर संदेश पठाएँ।उनले हेलो नमस्कार भनिन् । मैले पनि नमस्कार भनेँ । त्यसपछि हाम्रो संवाद च्याट मार्फत शुरू हुन थाल्यो । मैले एकोहोरो उनको बारेमा सबै सोधें । श्रीमान विदेश गएको र छोरा ,छोरी पढ्नको लागि अन्त कतै बस्ने, आफु एक्लै घरमा हुने कुरा बताइन् । उनले मेरी श्रीमतिको बारेमा सोधेकी थिइन् । मेरी श्रीमती र उनी अति मिलनसार साथी थिए। अप्रत्यक्ष रुपमा उनले मलाई चिनेकी थिइन् र मैले पनि उनलाई चिनेको थिएँ । मैले जिस्काउदै उनको उमेर सोधेँ। यसमा उनी पनि अलि जिस्किएरै बोलेकी थिनिन्। मेरो भाइ भनेर तर म उनी भन्दा जेठो भएको कुरा हाम्रो जन्म मिति पाएपछि थाहा भयो । म भाइ हुनु परेन ।

मीठा शब्दले मलाई मोहित र उत्तेजित बनाइरहेकी थिइन् । कुराकानीमा पनि उत्तेजनाको चरम छट्पटी हुँदो रहेछ । बगरमा रहेको माछा जस्तो मेरो शरिरको कुनै भाग छट्पटीन थालेको थियो । मेरा ओठले उनको तस्बीर चुमिसकेको थिएँ । उनले मेरो प्रशंसाको चुली लागाएपछि मैले पनि उनको प्रशंसाको चुली लागाई दिएको थिएँ। वास्तवमा उनी मिठो बोलीले प्रसंसा योग्य थिइन् । मिठो बोल्ने मान्छेको अनुहार हेर्न मन लाग्यो । मैले भिडियो कलको अनुरोध गरेँ । उनले कल उठाइन् । उनको लज्जास्पद अनुहारमा निहुरिएका नजर र ओठमा मिठो मुस्कान , राता गाला मैले सोचे भन्दा धेरै राम्री देखें । माया केलाई भनिन्छ ? उत्तेजित हुनुलाई माया भनिन्छ भने मलाई उनको माया लागिसकेको थियो । सायद उनी पनि उत्तेजित भइरहेकी थिईन्। उनका नजरमा मादकता थियो । मानौं पहिलो रातमा पहिलो पटक दुलाहाले स्पर्श गर्न लाग्दा लज्जालु र उत्तेजित नव दुलही जस्तै देखिएकी थिईन्।

श्रीमतीकी साथी हुन् । मैले त्यसो गर्नु हुँदैन थियो तर मन मान्दै मानेन । धेरै कुराकानी भएर नजिकिएपछि आफ्ना नातेदार बाहेक विपरीत लिङ्ग बीच असल मित्र हुनै सक्दैन । त्यहाँ प्रेमले छलाङ हान्न थाली हाल्छ । मलाई हिम्मत आइसकेको थियो । “हाम्रो माया बस्यो ।” मैले भनेँ । उनले नखरा पार्दै भनिन् “हजुर पनि के के भन्नुहुन्छ कसरी माया बस्ला ! हामी अल्लारे हुँ र ! चिनेको मान्छे भनेर पो बोलेको त । हजुर मेरो साथीको श्रीमान भएर त्यसो भन्न मिल्दैन । म साथीलाई धोका दिन सक्दिनँ । ” उनले सासले ओठ कमाउँदै भनेकी थिइन् । म भुतुक्कै भइरहेको थिएँ।

हामी विवाहित छोराछोरीका बा आमा हौं । मलाई उनी उसै मन पर्यो । म यौन पिपासु पनि हैन तर यौन चाहना तिब्र जागिरहेको थियो । मानौं म उनीसँगै छु ,उनीलाई छोइरहेको छु । कसैलाई छोएर पनि नजागेको यौन चाहना उनीलाई देख्दै जागेको थियो । मैले कलबाटै आफ्ना भावहरू भनिरहेको थिएँ ।उनी अत्यन्त लजाएर सुनिरहेकी थिइन् । हुन् पनि किन नलजाउन मैले ओठ पसारेर धरै पटक चुप्प खाइसकेको थिएँ र आफु उत्तेजित भइरहेको छु पनि भनिसकेको थिएँ। पहिलो चोटी नै कसैसँग बोल्दा सामान्य महिलाले यी सबै कुरा कहाँ पचाउन सक्छन् र !

मेरा अनेक सवालमा उनको एउटै जबाफ थियो ” छाडा “। मैले उनलाई सम्झाउँदै भनें ” मन पराउनु ,प्रेम हुनु र माया गर्नु छाडा हुनु नै हो । असल प्रेमी बीच कुनै कुरा लुक्दैन र लुकाउन पनि मिल्दैन । यदि कुरा लुक्यो भने त्यहाँ प्रेम नभएर सम्झौता हुन सक्छ । देवताका पनि अनेक सम्बन्ध थिए ।हामी त मान्छे हौं । राधालाई पाएपछि कृष्ण पनि खुसी थिए र राधा पनि खुसी थिइन् । राधा पनि अर्काकै श्रीमती थिइन् ।”खुसी भएर बाँच्न एक असल प्रेमी हुनु पर्छ “कृष्णले भनेका थिए ।मलाई थाहा छ ,तिमीलाई पनि मेरो माया लागिसकेको छ । तिम्रो र मेरो प्रेम बीच कुनै तगारो आउन दिन्न ।हाम्रो प्रेम सुरक्षित हुनेछ । यसले कसैलाई हानि हुने छैन । मसँग प्रेम सम्बन्धमा रहेर तिम्रो श्रीमानलाई धोका देऊ म भन्दिनँ । म पनि मेरी श्रीमतीलाई धोका दिन्न । हामी हाम्रो घर बिगारेर विवाह गर्ने सर्तमा हैन गोप्य सम्बन्धमा रहने छौँ। तिमीसँग प्रेम भयो यो सत्य हो । कृपया मेरो प्रेमलाई स्वीकार गर । हामी प्राविधिक सम्बन्धमा हुनेछौं । कहिले भेटिन्छ थाहा छैन । मैले तिमीलाई अधिक मन पराएँ र माया गरेँ। मेरी आमा मेरो लागि भगवान हुन् । म आमाको कसम खाएर भन्छु । म तिमीलाई बर्बाद हुन दिन्न ।”

चट्ट फोन काटिदेलिन मनमा लाग्दा लाग्दै यसरी सबै कुरा एकै सासमा अविच्छिन्न भनिसकेको थिएँ तर फोन काटिनन् केवल सुनिरहिन्। उनको निर्दोष, लज्जालु र मायालु अनुहार हेरेर मेरो उत्तेजनाको छट्पटी अझै बढेको थियो ।उनलाई अँगालोमा बाँध्न चाहन्थें । उनीसँग यौनिक कुराहरू गर्दै आफ्ना ओठ पसारेर फेरि चुप्प खाई दिएँ । उनका लजालु नजर बिस्तारै उठेर झुकेका थिए ।अनुहारमा रिस थिएन चमक थियो । यसले प्रष्ट पारेको थियो उनी पनि प्रेमिल भइसकेकी थिइन्। मेरो यौन चाहना चरम भएर छटपटाई रहेको थियो । उनलाई हेरेर शान्त हुन चाहन्थें तर त्यसो गरिनँ। फोन राखेँ।उनको तस्बिरमा चुम्दै आफूलाई चरम चुलिबाट स्खलन गराएँ । त्यसपछि सन्देशमा आई लभ यु , चुप्प लेखेँ। पाँच मिनेटसम्म उनले जबाफ नदिएपछि मैले फेरि आई लभ यू,चुप्प लेखेँ ।त्यसपछि उनले आई लभ यू ! चुप्प लेखिन । म अत्यन्त खुसी भएँ। हाम्रो सम्बन्ध मायामा परिणत भयो ।

त्यसपछि हाम्रो दैनिक घण्टौं कुरा हुन थाल्यो ।भेट्दा र छुट्दा चुप्प र आई लभ यु नियमित संवाद बनेका थिए । जसरी म उनीसँग खुल्ला भएँ उनी पनि त्यसरी नै बिस्तारै खुल्ला हुँदै गइन् । हाम्रो प्राविधिक सम्बन्ध धेरै पटक भएको थियो । उनले मलाई अत्यन्त माया गरेकी थिइन् ।

उनी मेरो प्रेममा चुर्लुम्म डुबेकी थिइन । प्रेमको सुरुवात मैले गरेको भए पनि म प्रेममा त्यसरी डुबेको थिइनँ। यदि म प्रेममा डुब्थेँ भने त्यो भन्दा अगाडी राखेका हरेक सम्बन्ध मेरो मस्तिष्कमा आउने थिए ।कुनै पनि आएका थिएनन् ।उनी पनि मेरो मस्तिष्कमा आएकी थिईनन्। मात्रै नजरमा आएकी थिइन् । मैले उनलाई पहिले जस्तो धेरै समय दिनु पर्छ भन्ने सोचिनं। जब मेरो आनन्दको चुली सन्तुष्ट भएर खस्थ्यो तब म फोन राखी दिन्थेँ ।

यसरी वर्षौं बितेछ । हामी भौतिक दूरीमा निक्कै टाढा थियौ ।उनको संसारमा साँझ पर्दा मेरो संसारमा बिहान हुन्थ्यो । भौतिक दूरी टाढा भएपनि प्राविधिक कारणले नजीक भएका थियौ । उनका श्रीमान विदेशबाट फर्खिने समय भएछ ।उनले भनिन् ” हजुरसँग बोलेको कति छिटै पाँच वर्ष बितेछ है ! मेरो श्रीमान् आउने समय भयो ।पहिला जसरी बोल्न मिल्दैन होला। समय मिलेको बेला कुरा गरौंला है ! हजुरसँग नबोली बस्न म सक्दिन । कसरी कुरा गर्ने होला ! समय मिलाउनु पर्छ है ! ” मैले “हस ” भनेँ। उनका श्रीमान आएपछि अङ्गालो मारेका फोटा फेस बुकमा पोस्ट गरिन । मलाई किन हो ती फोटा देखेपछि डाहा भयो । त्यसो त मैले मेरी श्रीमतीको र मेरो फोटा पोस्ट गर्दा उनले कहिलै केही भनेकी थिइनन्। उनलाई पनि त डाहा हुन्थ्यो होला मैले पनि केही भनिनँ।

उनका श्रीमान आइसकेपछि केहीदिन उनी बेपत्ता भइन्।मलाई किन हो रिस पोख्न मन भयो । मैले संदेश पठाएँ। “तिमी अचेल बेपत्ता भयौ । तिमीहरूको जातै त्यस्तै हो । एउटा नभए अर्को गर्छौ । अर्को पाएपछि विर्सन्छौ । ” उनको जबाफ आयो -” हजुरलाई बिर्सन मैले मर्नु पर्छ। घरभरि मान्छे छन् ।समय पाएकी छैन ।” मैले घुरक्याउने निहुँले के के भने के के – विक्षिप्त भएर गाली गरिदिएँ । उनी भन्दै थिइन् ” हजुर यसरी बोल्ने मान्छे हैन ,यसरी बोलेर मलाई दुखे माथि नदुखाउनु होला ।उसै पनि हजुरसँग कुरा हुन नपाएर अत्यन्त दुखी छु । म हजुर बिना कसरी बसेकि हुँला । मलाई डाको छोडेर रुन मन लागेको छ । मेरा नसा नसा चिसिएर मुटु दुखे जस्तो भएको छ । म हजुरलाई हेर्न चाहन्छु तर हेर्ने वातावरण छैन । ठिकै छ म ट्वाइलेटमा गएर हजुरलाई फोन गर्छु ! कृपया फोन उठाउनु होला ।”

नभन्दै एकैछिनमा कल आयो मैले काटी दिएँ। उनले पटक पटक कल गरिन् मैले काटी रहें । उनले म्यासेज गरिन् । हस हजुर रिसाउनु भयो । म यहाँ बाध्य छु । माया नभएर मैले फोन नगरेको हैन । मेरो जीवन्तसम्म हजुरलाई माया गरिरहने छु । आई लभ यू ,चुप्प । मलाई छाती दुख्यो हस बाई । उनी केही बेरमा अफ लाइन गइन । यहाँ रात परेको थियो खाना खाएर सुतेँ ।श्रीमती निदाई रहेकी थिइन्। म निदाउन सकिनँ । उनी रोइन् होला बेकार गाली गरें भनेर पश्चाताप लागिरह्यो ।बेला बेलामा मोबाइल खोलेर हेरी रहें । पहिला त्यसरी म रिसाउँदा उनी अबेलासम्म अन लाइन देखिने मान्छे त्यो बेला उनी अहँ देखिइनन्। साच्चै त्यो रात म निदाउनै सकिनँ। म कसैको यादमा र पश्चातापमा ननिदाएको सायद त्यो पहिलो चोटी थियो । बिहानपख यसो आँखा लागेछ त्यो पनि झस्किएर विउँझिए फेरि मोबाइल हेरेँ । पहिला उनकै मेसेन्जर हेरेँ । त्यहाँ कुनै म्यासेज थिएन । त्यसपछि फेस बुक खोलेर हेरेँ । उनको तस्बीर झट्ट आयो ।स्टाटस हेरेँ मेरो मुटु बेजोड काम्यो , अलि तल सार्दै हेरेँ फेस बुक पेज भरि उनकै फोटा रहेछन् । डाको छोडेर रुन मन लाग्यो । हतार हतार ट्वाइलेट पसेर बेस तौली मुखमा कोचेर रोएँ । धेरै रोएँ । पश्चातापले रोएँ । प्रेमले रोएँ । लेखिएको थियो” हार्दिक श्रद्धान्जली ” हृदय घातले मृत्यु भयो । उनको मृत्युको कारण बनेर रोएँ । त्यसपछी अहिले सम्म नबिर्सिएर रोएँ। मैले उनलाई प्रेम गरेकै रहेछु। बल्ल बुझें प्रेम उपचार मात्र नभएर प्राण घातक रोग पनि रहेछ । म जीवन भर मानसिक रोगी भएर रोएँ । मेरी श्रीमतीकी साथी मेरी प्रेमिका मलाई माफ गरिदेऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *