काठमाडौं । शैक्षिक परामर्श व्यवसायी संघ नेपाल (एप्क्यान)को पहिलो साधारण सभा (एजीएम) चलिरहेको छ । एजीएमलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले मन्त्रालय परामर्शदाताहरूसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताएका छन् ।
सचिव अधिकारीले सरकार उच्च शिक्षासम्बन्धी कानुन तर्जुमा हुँदै गरेको जानकारी दिँदै त्यस निम्ति परामर्शदाताहरूसँग सल्लाह सुझाव लिँदै सहकार्य गर्न चाहेको बताएका हुन् । उनले भनेका छन : ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुँदैन, सहकार्य गर्छौं ।’
कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताएको एप्क्यान का सदस्य डिल्लीराज डाँगी ले CNTPress लाइ जानकारी दिनुभएको छ ।