अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

नेकपा निकट  अखिल (क्रान्तिकारी) तुलसीपुर नगरको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा:प्रेम निर्वाचित

पौष १९ , दाङ । नेत्रविक्रम विप्लव सी नेतृत्वको नेकपा निकट  अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगर कमिटीको तेस्रो सम्मेलन भव्यतापुर्वक सम्पन्न भएको छ ।

बिहिवार तुलसीपुरको भुह्यारथानको सभाहलमा सम्पन्न भएको सम्मेलनले प्रेम सीको नेतृत्वमा २० सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

सम्मेलनले अध्यक्षमा प्रेम सी , उपाध्यक्षमा गोपाल बस्नेत र राधा डाँगी , सचिवमा लक्ष्मी रोका , सह-सचिवमा अविना गिरि , कोषाध्यक्षमा रोशन सुनार , छात्रा विभाग प्रमुखमा रिता रावल र खेलकुद विभाग प्रमुखमा अंकित बुढामगरलाई निर्वाचित गरेको छ । निर्वाचित नगर कमिटीको सदस्यहरुमा अनिश बस्नेत , तारा वली , गणेश डाँगि , विपना सी , दिपेश खड्का , सुनिता केसी , करुणा चौधरी , जया योगि , सृष्टि वली , प्रेम घर्ती ,  अनिता वली , यमुना वली , थम्मन सी र रश्मिला रोका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले मुलुकको राजनीतिक अस्थिरताको निकास युवा बिद्यार्थीले दिनुपर्ने बेला आएको बताए । उनले भने– ‘संसदीय व्यवस्थाको कारणले मुलुक राजनीतिक अस्थिरता , अशान्ती एवम अराजकतामा फसेको छ । संसदीय व्यवस्थाका कारण नेपाली जनताहरु प्रत्येक दिन छटपटाइरहेका छन् , निस्सासिएका छन् । हाम्रो पार्टीले संसदीय व्यवस्थाको विकल्पमा वास्तविक शान्ती , समृद्धि र स्वाधीनता प्राप्तिको लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना निर्विकल्प बनेको स्पष्ट पार्दै आएको छ ।’

नेता प्रदिपले अहिलेको शिक्षाले बिद्यार्थीहरुलाई बेरोजगार बनाइरहेकाले यसको विकल्पमा श्रम र उत्पादनसंग जोडिने समाजवादी शिक्षाका लागि युवा-बिद्यार्थीहरुले निर्णायक संघर्ष गर्नुपर्ने बेला आएको समेत बताए ।

कार्यक्रमका अतिथी जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली , अखिल (क्रान्तिकारी) पश्चिम दाङका संयोजक नवीन सी , युवा संगठन नेपाल राप्ती ब्युरो इन्चार्ज जिवनी सी , अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य खुमन सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सीले सम्मेलन सफलतालो शुभकामना व्यक्त गरेका थिए ।

सम्मेलनमा प्यानल प्रस्ताव नेकपा तुलसीपुरका सचिव शिव सीले गरेका थिए भने नवनिर्वाचित कमिटीलाई बधाई मन्तव्य नेकपाका तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी र अखिल (क्रान्तिकारी) देउखुरीका इन्चार्ज शिवजंग सीले गरेका थिए ।

कार्यक्रममा नेकपा पश्चिम दाङका सामना परिवारका कलाकारहरुले बिबिध बिधाका जनसंगितका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

अखिल (क्रान्तिकारी) तुलसीपुरका निवर्तमान अध्यक्ष केवी सीको अध्यक्षतामा सम्पन्न सम्मेलनको सहजीकरण बिद्यार्थी नेता प्रेम सीले गरेका थिए भने स्वागत मन्तव्य गोपाल बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *