अपडेट
जैविक विविधता दिवसको अवसरमा राप्ती गाउँपालिकाद्वारा वृक्षारोपण दाङमा बहुआयामिक विकासको संकेत: ग्रामीण सडक,टरिगाउँ विमानस्थल र फोरलेन योजना अघि राप्तीका महिलालाई उद्यमी बनाउन अचार बनाउने तालिम प्रदान राप्तीका उद्योगी–व्यवसायीद्वारा अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै विद्युत् प्राधिकरणमा ज्ञापनपत्र ७५ वर्षीय वृद्धबाट ७ बर्षिया बालिकामाथि अश्लील कृत्य : वृद्ध प्रहरी हिरासतमा २५ बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद सिङ्गे गाउँको नाम परिवर्तन गरी ‘शिवनगर’ राखियो गैरभौगोलिक लुम्बिनी सम्पर्क समिति गठन, संयोजकमा दाङका पोख्रेल बाँकी के रह्यो र प्रेमले औकात खोजे पछि… राप्ती गाउँपालिकाद्वारा तह वृद्धि भएका कर्मचारीलाई पत्र प्रदान राप्तीमा आगामी निति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सुझाव संकलन राप्तीमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सुरु मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना :एकजनाको अवस्था सिरियस राप्ती गाउँपालिकाद्वारा बजार अनुगमन : केही पसलहरुमा म्याद गुज्रिएका सामग्री फेला सगरमाथा संवादको तयारी अन्तिम चरणमा ओली दम्पतिको निधनप्रति तुलसीपुर चेम्बरको दुःख व्यक्त “केही गर्नु छ देशका लागि” गीतबाट श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मानित अपाङ्गता भएका युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको विषयमा नेपालगञ्जमा छलफल आफ्नै घरको सिँडिमा चिप्लिएर लडेकी वृद्धाको उपचारको क्रममा मृत्यु राप्तीमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा एवं सांगीतिक प्रार्थना व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

लघुकथा : “आमाको माया”

सौगात घिमिरे

एउटा सानो गाउँमा सानो घर थियो। बुवा आमा र छोरा सहित ३जानाको परिवार थियो। बुवा सैनिक सेवामा थिए। एक युद्धमा छातीमा गोलिलागी बुवा सहिद भए। बुवा हुँदा परिवारको आर्थिक स्थिति सामान्य थियो तर बुवा नभएपछि उनीहरुको आर्थिक स्थिति कमजोर बन्यो उनिहरुलाई २छाक काट्न कठिन हुन थाल्यो र पनि आमा ले हिम्मत हारिनन्न। आमाको सपना छोरोलाई ठुलो अनि सफल व्यक्ति बनाउने थियो।
आमाको अथक प्रयास र धेरै मेहनतका कारण छोरो धेरै पढी ठूलो उद्यमी बन्यो। आमाले धेरै पढेकी थिइनन्। एकदिन त्यो छोराले मनमनै सोच्यो” मेरी आमाले धेरै पढेकी छैनन् हाम्रो. लेभल नै मिल्दैन”। त्यसैले आमा सामु एउटा प्रस्ताव राख्यो” आमा तिमीले आज मलाई सफल उद्यमी बनाउन धेरै मेहेनत गर्यौ अनि धेरै खर्च पनि गर्यौ होला। तिमीले गरेको सम्पूर्ण खर्च ब्याज सहित जोडेर मलाई भन। म तिमीलाई सम्पूर्ण पैसा तिर्ने छु अनि हामी अलग-अलग बस्नपर्छ”। त्यति सुनेपछि आमाले भनिन् “हुन्छ बाबु म तिमीलाई सम्पूर्ण खर्चको विवरण दिने छु तर त्यसका लागि मलाई केही समय भने चाहिन्छ। छोरोले भन्यो “हुन्छ तिमी आफ्नो पूरा समय लिन सक्ने छौ”।
त्यो दिनको रात पर्यो खाना खाने बेला भयो आज आमाले छोरालाई खाना खाना बोलाइन बोरु आफै पस्केर खान थालिन्। खाना खाइसकेर आमा सुत्न गइन् ।छोरालाई सारै भोक लागेको रहेछ आमाले नबोलाएपछि उ भान्सामा गयो। त्यहाँ छोपेर राखेको बोटुकामा अलिकति भात अनि सब्जी देख्यो। छोराले आमाको कोठामा गएर सोध्यो”आमा आज किन थोरै भात बनाउनुभएको त्यतिले त मेरो आदि पेट पनि अघाउदैन अनि दाल पनि रहेनछ यति भनेपछि आमाले भनिन् आज सारै भोक लागेको थियो त्यसैले मैले अघि खाए। दाल पनि सक्यो कचौरामा भात र सब्जी छ तिमी खाउ है”। छोराले भन्यो “आमा तिमी त आजसम्म मलाई नदिइ कहिल्यै खादिन थियौ फेरी आज किन ?? छोराको कुरा सुनेर आमाले हाँस्दै भनिन् छोरा तिमीले मलाई पुरा हिसाब गर्नु भनेको होइन । हो म त्यहि हिसाब गर्दै थिए । सानोमा तिमीले कति पटक धेरै भोक लाग्दा खाना खाएर मलाई पुग्दैनथ्यो। अनि आज तिमीलाई अलिकति भएपनि खाना त छ म तिमि साना हुँदा कतिपटक भोकै निदाए होला। यो त पहिलो दिन हो छोरा। मैले त मेरो हिसाब भर्खर मात्र सुरु गरेको छु”।
आमाको कुरा सुनेर छोराको मनमा ठुलो धक्का पुग्यो। उ रातभर निदाउन सकेन।
अन्तत : उसले थाहा पायो आमाले जुन गुन लगाएकि हुन्छिन। त्यो कहिल्यै तिर्न सकिन्न। आमाको माया,सितल छाया, आमाले उठाएको दु:ख :त्यो अमुल्य हुन्छ अनि सदा अमर रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *