अर्थमन्त्री डा प्रकाश शरण महतले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न करिब ७५ देखि ८० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ललितपुरमा मंगलबार आयोजित जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रकाे पुन निर्माण सम्बन्धी बृहत् अन्तरक्रिया कार्यक्रममा भौतिक संरचना निर्माणका लागि करिब ७५ देखि ८० अर्ब रुपैयाँ रकम खर्च हुने बताएका हुन् ।
भौतिक संरचना निर्माण गर्दा वातावरण मैत्री र पुरानो शैलीमा नयाँ प्राबिधिको घर निर्माण गर्न उनले सुझाए । पुनर्निर्माण गर्दा सरकारले भूकम्प प्रतिरोधी घर निर्माण गर्न पहल गर्ने महतले उल्लेख गरे ।
जाजरकोट केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।