सधैँ कालापानी, नयन जलमा, छिन् लिमपिया
उता सुस्ता रुन्छिन्, पलपल कठै, ती दुखपिया
छ कैलाली कन्चन्, पुर पनि भको पीडित अती
इलामै, झापामा किचकिच सँधै गर्छ अगती ।१।
कतै बाँधेका छन्, स्थलथल पिछे बाँध तलमा
डुवानै भो हाम्रो, जलमगन भै पन्ध्र खलमा
कुनौलीमा सीमा, नमिचन भनी यादव बढे
पुनर्वासैमा वीर्, गमन हुन ती गौतम लडे।२।
कसैलाई ढाल्यो, अधमृत भए के कति जन
त्रयोविंसी जिल्ला,सकलभरमा नै लुछिकन
गुलामी भोगेका, विगत तिनको खूव दुखको
मिचाहा भै आए, जमिन हडपे स्वर्ग सुखको ।३।
थिचेको यो छाती, एकहतर भो योग फलमा
हजारै एक्साठी, मिचि जमिन त्यो हेक्टर जमा
मिली फिर्ता ल्याओ, विधि जुनसुकैले पकडमा
छिमेकी हो भन्दै, निकष नगरे पार्छ अडमा।४।
गरेका छौ केके, परिचित नभै वा विदितमा
बसेका छौ ब्यर्थै, सुखसयल वा त्यो मगनमा
भयो धेरै खेला, अब नगर है बेर कटनी
गरेकाछौ हेला,ब्यथित मनमै राखि जननी ।५ ।
✍️ :क्षितिज पौडेल
तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी रूपन्देही नेपाल