अपडेट
आज मंसिर २६ गते बुधबारको राशिफल हेर्नुहोस दाङमा आर्थिक, सामाजिक तथा उद्यमशिलतामा महिला सहभागिता विषयक अन्तरक्रिया  सम्पन्न छैठौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा र्याली: सहायता केन्द्र नेपाल अखिल क्रान्तिकारी दाङले ३ महिने विद्यार्थी जागरण अभियान चलाउने राप्तीमा लय प्रकृतिको’ नाटक प्रदर्शन कविता : सपनाको सहरमा बहिनी – अन्जना धिताल जलवायु वित्त कोप २९ को समर्थनमा नेपालगन्जमा र्‍याली (फोटो फिचर) जलवायु वित्तको माग गर्दै काठमाडौँ सहित विभिन्न स्थानमा र्‍याली छन्दवाटिका नेपालले मनायो ११६औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती  बिपत्तिमा परेका घर्तीपरिवारलाई पत्रकार ठकुरीको साथ आज कार्तिक २० गते मङ्गलबार को राशिफल हेर्नुहोस ग्लोबल पिस नेपालका प्रतिनिधिमा सरोज वानिँया नियुक्त ४० विद्यालयमा कानूनी सचेतना र नमुना संसदीय अभ्यास मेरी आम्मै’ वेब सिरिज ल्याउदै बान्द्रे, शनिबारदेखि प्रर्दशन हुँदै नमस्ते नेपाल गण्डकीको समाजिकिकरण तथा नेतृत्व बिकास कार्यक्रम सम्पन्न दोस्रो ज्ञान ज्योती रनिङशिल्डको उपाधी ज्ञानज्योती तुलसीपुरलाई न्यू स्टार बोडिङले खेल्यो देउसी भैलो दाङमा मिसिङः केटी हराएको सूचना’को प्रमोसन सुरु ज्ञान ज्याेति रनिङशिल्ड प्रतियोगिता शुरु आजदेखि तुलसीपुरमा प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

कविता : सकारात्मक सोच – क्षितिज पौडेल

हेर्नलाई सकिए समदृष्टि
देखिनेछ रसिलो भव-सृष्टि
जिन्दगी लय‚ मनोहर हुन्छ
शक्तिवर्धक छदैछ र छुन्छ ।१।

एक यो खुस हुने छ उपाय
प्रेरणा‚ सुगमको छ प्रदाय
तिक्तता सहज घट्छ‚ हुदैन
रिक्तता सकिन जान्छ‚ छुदैन ।२।

क्रोध घट्छ‚ घटियापन हट्छ
स्वास्थको स्थिति अझै अघि बढ्छ
चित्त केन्द्रित हुने छ‚ गरिन्छ
ध्येय पुग्छ र प्रकाश भरिन्छ ।३।

बिर्सिने यदि छ साथ स्वभाव
हट्छ घट्छ मनबाट खराव
छुट्छ दुष्ट जनबाट प्रभाव
धैर्यको पनि हुँदैन अभाव ।४।

पन्छिइन्छ मनबाट तनाव
गर्न सक्छ यसले प्रतिवाद
बिर्सिने भुवनका सब ताप
हट्छ दुष्ट जनको पनि राप ।५।

बद्लिएर बनिनेछ “म” हामी
जिन्दगी तब हुने अझ दामी
हाँस्न‚ खेल्न सकिए मन छुन्छ
दृष्टि दोष नभए सुख हुन्छ ।६।

✍️ :क्षितिज पौडेल
तिलोत्तमा नगरपालिका वडा नं २ योगिकुटी रूपन्देही नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *