अपडेट
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजयी ग्रेट अरनिको इंगलिस स्कुलको कक्षा १२ का विधार्थीलाई विदाई राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीद्वारा राजीनामा राप्तीमा केराबाट चिप्स बनाउने तालिम सम्पन्न राप्ती गाउँपालिकामा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न किसानहरुलाई फोहोर व्यवस्थापन, गड्यौँला तथा प्राङ्गारिक मल उत्पादन तालिम बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम  राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

सिमलकुनामा १८० बढिले गरे माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर,९ पुस ।
बबई गाउँपालिका वडा नं. १ सिमलकुनामा १८० बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत साेही ठाउँमा भएकाे कार्यक्रममा १८० बढिले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नब प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा नवप्रवेशीहरूले पश्चिम दाङमा विकासकालागि गरिएकाे पहलले आफूहरू प्रभाबित भएर माओवादी केन्द्रमा प्रवेश गरेकाे बताए । एमाले, काँग्रेसलगायतबाट उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

त्यस अवसरमा नव प्रवेशीहरूलाई सम्बाेधन गर्दै प्रदेश अर्थमन्त्री मास्कीले सिमलकुना, जिला पुग्नकालागि बबई नदीमा पुल निर्माणकालागि डीपीआर भईसकेकाे बताए । त्यस्तै साेही ठाउँमा पुग्नकालागि सडक निर्माणकालागि समेत एक कराेड बजेट बिनियाेजन गरेकाे उनले बताए । त्यस्तै उनले बिद्युत,खानेपानी, सिंचाई, आरक्षणलगायतका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

उनले पश्चिम दाङकाे गंगटे, जिलासहितका क्षेत्र निकै बिकट रहेकाले त्यहाँकाे विकास भएमात्रै आफूले गरेकाे विकास देखिने बताए । हापुरेबाट गंगटे पुग्ने सडकबीचका तीन वटा खाेलामा पुलकालागि बजेट हालेकाे समेत उनले बताए । साथै गंगटेमा पुग्ने सडक स्तराेन्नतीकालागि समेत बजेट बिनियाेजन गरेकाे उनले बताए । त्यस अवसरमा पार्टीका प्रदेश कमिटि सदस्य भिमबहादुर वली, पार्टीका पालिका अध्यक्ष एकलाल घर्तीले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमकाे सहजीकरण पार्टीका पालिका उपाध्यक्ष यज्ञ वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *