अपडेट
दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव ) राप्ती गाउँपालिका दाङद्वारा माघ ३ गते माघी पर्वको सार्वजनिक विदा

घोराही-रक्षाचौरको बजेट अन्यत्र लिन दिदैनौंः मन्त्री मास्की 

 

तुलसीपुर,७ पुस ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले घोराही-रक्षाचौरकालागि छुटिएको बजेट अन्यत्र लैजाने गरि षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ को वडा भवन उद्घाटन गर्दै मन्त्री मास्कीले घोराही-तुलसीपुरको बैकल्पिक सडक भएकाले उक्त सडकको विस्तार आबश्यक रहेको बताउनुभयो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना रुपन्देही अन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्नकालागि चलखेल भएपछि त्यसलाई आफूले अन्यत्र सार्न नदिने गरि गम्भीर ढंगले पहल लिएको बताए ।

 

हाल घोराही-रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनु पर्ने स्थित छ, भने कतै नाली बनाउनु पर्ने अबस्था रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए । “यो सडकमा करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ”,उनले भने “बाँकी ११ किलोमिटरमा कतै ट्रयाक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसकालागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौं ।” घोराही-रक्षाचौर सडक २१ किलोमिटर लम्बाइ छ ।

 

त्यस्तै मन्त्री मास्कीले ग्वारखोलाई हाइड्याम्पले विद्युत,सिंचाई, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा टेवा पुर्‍याउने भएकाले त्यसको सम्भाब्यता अध्ययनकालागि आफूले बजेट बिनियोजन गरेको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुईसय सैया बनाउनकालागि ओएमएन सर्वेको काम अन्तिम चरणमा पुगेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *