अपडेट
दाङमा विकासको सम्भावना फराकिलो बन्दै गएको छ: प्रचण्ड  दाङ पुगे प्रचण्ड आज माघ ११ गते शुक्रवार को राशिफल हेर्नुहोस डिभाईन टेम्पलमा विद्यार्थीसँग अन्तरक्रिया आज माघ १० गते बिहिबारको राशिफल हेर्नुहोस आज माघ ९ गते बुधबार को राशिफल हेर्नुहोस तुलसीपुृर वडा नं १७ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८१ सुरु आज माघ ८ गते मङ्गलबार को राशिफल हेर्नुहोस ‘द्रौपदी’ टिजर : एक महिला पात्रमा केन्द्रित (भिडियो सहित ) आज माघ ७ गते सोमबार को राशिफल हेर्नुहोस भौतिकवाद र आध्यात्मिक चेतनाको विकासले मात्रै सभ्य समाज निर्माण सम्भव : अध्यक्ष विष्ट राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको छैठौं अधिवेशन शुरु आज माघ ६ गते आइतबार को राशिफल हेर्नुहोस फेसबुक आइडी ह्याक गरेर चलाएको आरोपमा १७ बर्षिया बालिकालाई अपहरण गरी कुटपिट जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण आज माघ ४ गते शुक्रबार को राशिफल हेर्नुहोस घोराहीमा लाग्न लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी मेलाको अधिकांश तयारी सम्पन्न  राप्तीमा थारु सम्वत् २६४८ एवं माघ सांस्कृतिक महोत्सव : थारु कला संस्कृति संरक्षणमा जोड डिजेल ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो तुलसीपुर १८ मा मनाइयो मगरहरूको सांस्कृतिक महोत्सव ( माघी महोत्सव )

मोक्षदा एकादशीको धार्मिक महत्व

पं बालमुकुन्द देवकोटा, काठमाडौ ।
मिति २०८० साल पुस ७ गते शनिबार मार्गशीर्ष शुक्लपक्ष मोक्षदा एकादशी तिथी प्रात: ७ / ५६ बजेसम्म त्यस उप्रान्त द्वादशी तिथी आरम्भ भएकोले यो एकादशीको बिषयमा पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ- “तस्या:श्रवणमात्रेण वाजपेयफलं भवेत्।मोक्षा नाम्निति विख्याता सर्वपापहरा परा”।अर्थात् सवै प्रकारका पाप सखाप पार्ने श्रेष्ठ एकादशी मोक्षा भन्ने नामले प्रशिद्ध छ।त्यसको नाम र महिमा सुन्नाले पनि वाजपेय यज्ञ गरेको फल प्राप्त हुन्छ।

यो एकादशीकादिन तुलसीको मंजरी, धूप-दीप आदिद्वारा भगवान दामोदरको पूजन गर्नुपर्छ। मोक्षदाएकादशी ठूला-ठूला पातकहरूको नाश गर्ने सामर्थ्य राख्दछ। यस दिन उपवास गरेर श्रीहरिको नाम-संकीर्तन, भक्तिगीत, नृत्य गर्दै रात्रिकालमा जागरण गर्नुपर्छ। मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको हो।भगवान भन्नुहुन्छ यस एकादशीको एक दिनको पुण्य प्राणीका निम्ति नरकबाट मुक्ति प्रदान गर्ने मानिन्छ। यस सन्दर्भमा लीलाधारी श्रीकृष्णले जुन कथा धर्मराज युधिष्ठिरलाई सुनाउनु भएको थियो त्यो प्रसङ्ग उल्लेख गर्न योग्य छ।

भगवान भन्नु हुन्छ एकजना वैखानस नाम गरेका राजा थिए उनको राज्यमा सबै सुख-शांतिपूर्वक बस्दथे। योगी, मुनि, सिद्ध, सन्त सहित सबै जीवजन्तु बिना कुनै भय आआफ्ना कर्ममा लिप्त थिए। यी प्रजापालक राजाले एक रात स्वप्नमा आफ्ना पिता नर्कको यातना भोगिरहेको दृश्य देखे। राजा आफ्ना पिताको त्यो अवस्था देखेर छट्पटिए र रातभरि निदाउन सकेनन। बिहान क्षितिजमा सूर्यको लालिमा देख्नासाथ उनी ज्ञानी पण्डित र विद्वानको शरणमा पुगे र जेजस्तो स्वप्नमा देखेका थिए त्यो विवरण सुनाए। राजाका कुरा सुनेर पण्डितहरूले उनलाई त्रिकालदर्शी ऋषि पर्वतसमक्ष जाने सल्लाह दिए। राजा पर्वतका कुटीमा पुगे र विनम्रता पूर्वक उनीसित आफ्नो समस्या बताए। राजाको अधीरता र छट्पटीलाई देखेर महाज्ञानी पर्वतले उनलाई भने-हजुरका पिता आफ्नो एउटा गल्तीको सजाय भोग्दै हुनुहुन्छ। उनलाई नरकबाट मुक्त बनाउन हजुरले मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात मोक्षदा एकदशीको व्रत लिनु पर्छ। यस एकादशीको पुण्य हजुरले आफ्ना पितालाई दिनुपर्छ अनि तपाईका पिता नर्कबाट मुक्त हुनु हुनेछ। राजाले विधिपूर्वक एकादशीको व्रत गरे र प्राप्त पुण्य पिताजीलाई अर्पित गरिदिए। राजा वैखानसका पिता यस पुण्यको प्रभावले तुरुन्त नर्कबाट मुक्त भए र स्वर्गमा उनले स्थान प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *