अपडेट
न्याय कटारीमा भएको जिप दुर्घटनामा दुईको मृत्यु ज्ञानज्योति मा नमुना संसद अभ्यास प्रतियोगिता घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर अन्तराष्ट्रिय कुस्ती प्रतियोगितामा लोकप्रिय गायिका साहिमा श्रेष्ठको प्रस्तुति रहने दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० सुरु शिखा बोर्डिङले मनायो २७ औँ वार्षिकोत्सव मगर संस्कृति जोगाउन आबश्यक छ ः मन्त्री मास्की आज फागुन १५ गते मङ्गलबार को राशिफल हेर्नुहोस मगर संघ स्थापना दिवसमा प्युठानका ४ स्थानीय तहमा बिदा शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्छ : अर्थमन्त्री मास्की अजम्बरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न पूर्व बेलायती सैनिक हरि बुढा मगरलाई बुढालाई दाङमा नागरिक अभिनन्दन घोराही-तुलसीपुर सडकमा आजदेखि यात्रामा ७० मिनेट समय लाग्ने विद्यार्थीलाई अहिलेको यो विश्व बजारमा बिक्न सक्ने शिक्षाको आवश्यकता छ : के.वि वली दलहरुले भन्छन : गुठी पिडित मोहि किसानको न्यायका लागि एकमत छौं  नेपाल रेडक्रस सोसाइटी पवननगर उपशाखाको १६ औं वार्षिक साधारण सभा सम्पन्न रुसी सेनामा भर्ना भएका रोल्पाका एक युवक मारिए

पुरन्धारा झरना हुँदै मलै जाने सडक बीचमा पुल बनाउन डीपीआर

तुलसीपुर,५ पुस । 

दाङको बबई गाउँपालिका स्थित पुरन्धारा झरना हुँदै मलै जाने सडकबीचमा पर्ने बबई नदीमा पक्की पुल निर्माण हुने भएको छ । त्यसकालागि अहिले डीपीआर निर्माणको काम भइरहेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सोही सडकको डीपीआरकालागि १५ लाख बजेट बिनियोजन गरेका थिए ।

सोही बजेटबाट अहिले डीपीआरको काम भइरहेको छ । बबईका स्थानीय अगुवा यज्ञ बहादुर वलीका अनुसार सोही पुल निर्माणकालागि स्वाइल टेष्टको काम भएको छ । सोही स्थानमा पुल निर्माण नहुँदा मलै तथा आसपासका बासिन्दालाई निकै समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि सोही स्थानमा पुल निर्माण थालिएको अर्थमन्त्री मास्कीले बताए । सोही सडकमा पुल निर्माण भएपछि मलैसंगै सिमलकुना,जिलालगायतका बस्तिलाई आवतजावतमा निकै सहज हुने छ ।

साथै पुरन्धारा झरना हुँदै, मलै,सिमलकुना, जिला जोड्ने सडक स्तरोन्नतीकालागि मन्त्री मास्कीले एक करोड बजेट बिनियोजन गरेका छन् । सोही स्थान निकै विकट भएकाले त्यहाँको विकासकालागि आफूले निर्वाचनको बाचा अनुसार बजेट बिनियोजन गरको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *