अपडेट
मा.वि बालापुरमा सर्प पहिचान, सर्पदंशमा सावधानी सम्बन्धी अभिमुखिकरण आज भदौ २० गते बिहिबार को राशिफल हेर्नुहोस नेशनल प्याब्सन दाङको आयोजनामा गायन र नृत्य प्रतियोगिता सम्पन्न बालेन शैलीमा तुल्सीपुरको फुटपाथ खाली गर्दै मेयर टिकाराम खड्का  डिभाईन टेम्पल एकेडेमीमा पिता सम्मान तथा गजल वाचन कार्यक्रम सम्पन्न आज भदौ १७ गते सोमबार को राशिफल हेर्नुहोस दलित पत्रकार संघ दाङकाे अध्यक्षमा नेपाली  कुशको महिमा र कुशे औशीको महत्व ? मौलिक लोक संस्कृतीमा रमाउदै तिज मिलन तथा दर खाने कार्यक्रम ग्रेट अरनिको मा वि मा कक्षा ११ बिद्यार्थीहरूलाई स्वागत  तुलसीपुर उपमहानगरपालिका वडा नं १९ मा तीज मिलन कार्यक्रम सम्पन्न युवा अभियानले कर्णालीमा पुस्तकालय बनाउने अभियानको सुरवात सहित पुस्तकालय दिवस मनाउदै विद्यार्थी पलायनलाई न्यूनीकरण गर्न विद्यार्थी संगठनको भूमिका कविता : बाल अधिकार – शुभम देवकोटा डिभाइन टेम्पल एकाडेमीमा कक्षा ११ लाई स्वागत कार्यक्रम वडा नम्बर सातको बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सयपत्री दोहोरी घरले मनायो आफ्नो तेस्रो बार्षिकोत्सव : दिनदुखीलाई ३ बर्षमा १ करोड बढी सहयोग स्थापना दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले गर्यो दिप प्रज्वलन कविता : तिम्रो प्रेमको वियोग – शुभम देवकोटा तुलसीपुरमा विभिन्न संघ संस्था द्वारा पुष्प बृक्षा रोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न

जन्मदिनमा पार्टी गर्ने पैसा सहयोग 

तुलसीपुर,पुष २

पछिल्लो समय सहयोगी मन भएका व्यक्तिहरूले जन्मदिन , वैवाहिक वर्षगाँठ लगायत विभिन्न खुशी का दिनहरुमा रमाइलो गर्ने, पार्टी गर्ने , केक काट्ने जस्ता फजुल खर्चमा गर्ने रकम खर्च कटौती गरि सहयोग गरेको सुन्न तथा देख्न मा पाइन्छ ।

यस्तै आज पुष २ गते आफ्नो जन्मदिनको अवसरमा तुलसीपुर वडा नं १२ निवासी श्री राम फर्निचर तथा मिष्ठान्न भण्डार का प्रोप्राइटर नवराज गौतम र वडा नं ६ निवासी लक्ष्मी पुजा सामाग्री पसल का प्रोप्राइटर देवेन्द्र कालाथोकि ले रमाइलो गर्ने तथा केक काट्ने रकम तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी शारीरिक अशक्त उज्ज्वल शिं बुढाथोकी लाइ सहयोग गर्नु भएको छ ।

करिब १२ हजार बराबरको मुल्य पर्ने चामल,पिठो , तेल , नुन बेसार , खुर्सानी,सिरक,गद्दा, सिरानी र गुन्द्री गरि अशक्त बुढाथोकी लाइ सहयोग गर्नु भएको हो । बुढाथोकी अशक्त सँगै निकै कमजोर आर्थिक अवस्था भएको व्यक्ति हुनुहुन्छ ।

पछिल्लो समय मा देखिने भड्किलो तामझाम र बिभिन्न दिन को अबसरमा गरिने फजुल खर्च लाइ सहयोग को काम मा लगाए ति गरिब , अशक्त, अपाङ्गता तथा समस्या मा परेका व्यक्तिलाई सहज हुने तथा आत्मसन्तुष्टि मिल्ने‌ बताउदै गौतम ले यस्तो सहयोग को काममा सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *