भोली आईतवार दाङ्ग जिल्ला बन्द हुने भएको छ ।
टिप्पर ठक्करबाट मृत्यू भएका मृतकका परिवारले भाेलि दाङ बन्दकाे घाेषणा गरेकाे छ । शुक्रबार राति घाेराहि उप-महानगरपालिका १० झारबैरामा भएकाे दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपुर्तिकाे व्यवस्था नभएसम्म शब अस्पतालबाट नउठाउने र भाेलि दाङ बन्दकाे आब्हान गरिएकाे संघर्ष समितिका संयाेजक प्रमाेद पाेख्रेलले बताउनु भयाे ।
मृतकका परिवारका लागी उचित क्षतिपूर्ति को व्यवस्था नभएसम्म आन्दाेलनका कार्यक्रमकाे घाेषणा गरिएकाे संयाेजक पाेख्रेलले सुनाउनु भयाे ।
अहिले सम्म प्राप्त जानकारी अनुसार भोलि स्कुल,कलेजहरु बन्द नहुने भएको छ,अहिले सम्म को जानकारी अनुसार सवारी साधन मात्र बन्द हुने भएको छ।